जुम्लामा लागूऔषध नियन्त्रण गर्न प्रहरीको अभियान

जुम्ला,१७ पाैष ।

 लागूऔषधको सेवन र कारोबार बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषध नियन्त्रण अभियान सुरु गरेको छ । प्रत्येक स्थानीय तहको केन्द्रमा सचेतनामुलक कार्यक्रम गरेर अभियान थालिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख डीएसपी नरेन्द्र चन्दले जानकारी दिए । लागूऔषध कारोबार र सेवनमा पुस्ताको संलग्नता बढेको प्रहरीको ठहर छ ।

डीएसपी चन्दले हरेक विद्यालय र एसईई दिने विद्यार्थीलाई बढी सचेत पार्न खोजिएको बताए । उनले भने,‘जुम्ला लागूऔषध कारोबार र सेवनको केन्द्र बनिसकेको छ । यसको नियन्त्रणमा सबै लाग्नु पर्ने देखिएको छ । त्यसैले हरेक पालिकास्तरमै सचेतना फैलाउने अभियान चलेको छ ।’

स्थानीय तहसँगको समन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई माध्यम बनाएर जिल्लाकै ८ स्थानीय तहमा कार्यक्रम भइरहेको छ । पहिलो पटक सिंजा गाउँपालिकाबाट लागूऔषध नियन्त्रण अभियान सुरु भएको छ । जनप्रतिनिधि र विद्यालयका प्रधानाध्यापकबीचमा छलफल भएको हो । परिवार तथा अभिभावकको हेलचक्य्राईँ र निगरानी अभावमा किशोरकिशोरी अवस्थाका पुस्ता लागूऔषधको लतमा फस्दै जान थालेका छन् । लागूऔषधको लतमा फस्नेहरु १८ देखि ४० वर्षसम्मका बढिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा १८ देखि ४० वर्ष उमेर समूहका ४४ जनालाई नियन्त्रणमा लिइएको छ । १८ वर्षमुनिका ३ जना छन् ।

त्यस्तै चालु आर्थिक वर्षमा ब्राउन सुगर र चरेसका ४ वटा मुद्दा दर्ता भएका छन् । ४० देखि ६० वर्षका २ जना रहेका छन् । प्रहरीको निगरानी बढेसँगै प्रयोगकर्ता पक्राउ पर्ने र मुद्दासमेत अघि बढ्ने गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताए । जुम्लामा आर्थिक वर्ष २०७७÷०७८मा ब्राउनसुगर र चरेस गरी ५ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८÷०७९ मा ब्राउनसुगर र चरेस सेवनका घटनामा ७ वटा मुद्दा दर्ता भएका छन् ।

कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरु लागूऔषधको लतमा फसेको तथ्यांकले देखाएको छ । ब्राउनसुगर, जस्ता लागूऔषधको विषयमा पालिकाले पनि सचेतनाका कार्यक्रम गर्ने र लागूऔषध कारोबारीहरुको संजाल तोड्न प्रहरीसँग सहकार्य हुन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी केसरीले बताए ।

सिंजा गाउ“पालिका –२ का वडा अध्यक्ष तिर्थवडले लागूऔषधबारे सुक्ष्म अध्ययन र अनुसन्धान गरुरी रहेको बताए । उनले भने, ‘पछिल्लो समयमा लागूऔषधको अवस्था गम्भीर देखियो । त्यसैले सबै ढंगबाट सबै निकायहरु नियन्त्रणमा लाग्न आवश्यक छ ।’

कान्तिपुर 

जुम्लामा लागूऔषध नियन्त्रण गर्न प्रहरीको अभियान

आगमी तीन दिन अत्यधिक चिसो बढ्ने, सावधानी

जुम्लामा लागूऔषध नियन्त्रण गर्न प्रहरीको अभियान

सुरक्षित गर्भपतनका लागि जनशक्ति  अभाव

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!