विदेह नगरका मेयरले दिए पत्रकारलाई ज्यान मार्ने धम्की

जनकपुरधाम,१६ पाैष ।

आफूविरूद्ध समाचार लेखेको भन्दै धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास तत्माले पत्रकारको ज्यान मार्ने धम्की दिएका छन्। मेयर दासले अनलाइनखबरमा कार्यरत पत्रकार शैलेन्द्र महतोलाई ज्यान मार्ने धम्की दिएका छन्। शुक्रबार मधेश प्रदेश सांसदहरूको शपथ समारोहमा समाचार संकलनको क्रममा भेटिएका मेयर दासले प्रदेश सभा परिसरमै महतोलाई धम्की दिएका हुन्।

‘तपाईंले धेरै लेख्नुभयो। ५–६ जना पत्रकारलाई अब कुनै हालतमा छोड्दिनँ। लिस्टमा तपाईंको नाम फस्टै नम्बरमा छ। आउनु होला नगरपालिकातिर छातीको हाड भाँचेर मैले मारिनँ भने मेरो नाम पनि बेचन होइन,’ मेयरले धम्की दिँदै भने, ‘मैले मारिन भने महिला लगाएर वा अन्य कसैलाई लगाएर भाँच्छु। कसम भन्छु तपाईंलाई कुनै हालतमा छाड्दिनँ।

उनले थपे, ‘३६ वर्षमा म दुई पटक जेल गइसकेको छु। यति धेरै मुद्दा खेपेकै छु दुई वटा अझै मुद्दा झेल्न तयार छु।’ मेयर दास र उनका कार्यकर्ताले केही दिनअघि मात्रै नगरपालिका कार्यालयको परिसरमा पत्रकार मौसम झालाई कुटपिट गरी घाइते बनाएका थिए। झाले मेयर दासबाट असुरक्षित भएको भन्दै सुरक्षाको प्रत्याभूतिसँगै कारबाही समेतको माग गरेका छन्।

प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिले प्रेस विज्ञप्ति जारी गरी घटनाको घोर भत्र्सना गरेको छ। प्रेस सेन्टरका मधेश प्रदेश अध्यक्ष किरणकुमार कर्णले पत्रकार महतोलाई ज्यान मार्ने धम्की दिने मेयर दासलाई कारबाहीको माग गरेका छन्।

सेताेपाटी 

विदेह नगरका मेयरले दिए पत्रकारलाई ज्यान मार्ने धम्की

चितवन पुगेर प्रधानमन्त्री प्रचण्डले भने– म यो

विदेह नगरका मेयरले दिए पत्रकारलाई ज्यान मार्ने धम्की

कैलालीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु,

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!