भेरिगंगामा ३ तिन दिने लेखा व्यवस्थापन तालिम सम्पन्न

सुर्खेत, १६ पौष ।

कर्णाली प्रदेशको प्रबेशद्धवारको रुपमा रहेको भेरीगंगा नगरपालिकामा तीन दिने सहकारी सम्बन्धी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । भेरीगंगा नगरपालिका उद्योग विकास तथा सहकारी शाखाको आयोजनामा मंगलबार देखि सुरु भयको सहकारी सम्बन्धी लेखा व्यवस्थापन तालिम विहिबार सम्पन्न भएको हो ।

लेखा व्यवस्थापन तालिमको समापन कार्यक्रममा भेरीगंगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेल, आर्थिक विकास संयोजक तथा वडा नम्बर ५ का वडा अध्यक्ष प्रेम बहादुर सारु, उद्योग विकास तथा सहकरी शाखा प्रमुख चित्रा डाङ्गी र प्रशिक्षक नेफस्कुन वीरेन्द्रनगर शाखाका कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीले कार्यक्रममा मन्त्वय राखेका थिए।

समापन कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालिका उद्योग विकास तथा सहकारी शाखा प्रमुख चित्रा डाङ्गीले तीन दिनसम्म सिकेको सिपलाई उपलब्धीमुलक बनाउन सहभागीलाई जोड दिएका थिए । कोपोमिसमा आवद्ध हुन र मासिक प्रतिवेदन प्रत्येक महिना शाखामा पेश गर्न नगरभित्रका सहकारी संघ÷संस्थाहरुलाई आह्वान गर्नुका साथै आधार शिला कार्यक्रम पनि छिट्टै सञ्चालन गर्ने समेत उगले जानकारी दिए

तीन दिने तालिममा सहभागीलाई सहकारी लेखा प्रणाली, सहकारीको चार खाता, सन्तुलन परिक्षण, नाफा नोक्सान, स्थिती विवरण पत्र, सहकारीका कर कट्टी र मूल्य ह्रास लगायतको विषयमा नेफस्कुन वीरेन्द्रनगर शाखाका कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीले परिक्षण दिएका थिए ।

तालिममा सहभागी ३४ जनालाई प्रमाणपत्र प्रदान गरी समापन गरिएको थियो । उद्यम विकास सहजकर्ता लाल बहादुर कार्कीले सन्चालन गरेको उक्त कार्यक्रमको सहजिकरण सुनिता जैसिले गरेका थिए । तालिममा भेरीगंगा नगरपालिकाका ३४ जना सहभागिको उपस्थिति रहेको थियो । सहभागी भएका ३४ जनालाई नै प्रमाण पत्र वितरण गरिएको सहजकर्ता कार्कीले जानकारी दिए ।

भेरिगंगामा ३ तिन दिने लेखा व्यवस्थापन तालिम सम्पन्न

बाटोमा पानी बग्दै यात्रा गर्न असहज

भेरिगंगामा ३ तिन दिने लेखा व्यवस्थापन तालिम सम्पन्न

गुर्भाकोट कृषि सहकारीको पहिलो साधारण सभा सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *