रेडियो पुर्बी रुकुममा चोरी प्रहरिले थाल्यो अनुसन्धान
प्रचण्ड खत्री
रुकुम पश्चिम,१६ पाैष ।
रेडियो पुर्बीमा चाेरी भएको छ । अज्ञात समुहले १४ गत्ते राती चोरी गरेको हो । रेडियोको मुल ढोकाको ताल्चा तोडेर चोरी गरेको रेडियो पुर्बी रुकुमका स्टेशन म्यानेजर वसन्त बाठा मगरले बताए ।
रेडियोको केही फाईल तथा ल्यापटप चोरी गरेको म्यानेजर बाठाले जानकारी दिए । त्यस्तै कार्यलयमा रहेको नगत १५ हजार रुपैया पनि चाेरी भएको छ ।
शुक्रबार देखि जिल्ल्ला प्रहरी कार्यलयले रुकुम पुर्बले कसले चोरी गरेको हो भन्ने विषयमा अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यलय रुकुम पुर्बले जनाएको छ ।