मावि काफलगैरीमा एक महिना भित्र २ पटक तोडफोड तथा चोरी

दिलिप ढकाल

पौष १६ , सुर्खेत ।

नेपाल माध्यमिक बिद्यालय काफलगैरीमा एक महिना भित्र दुई पटक चोरी तथा तोडफोड भएको छ। सल्यानको कालिमाटी गाउपालिका वडा नम्बर ६ काफलगैरिमा संचालित उक्त बिद्यालयमा गत मङ्सिर २५ गते राति बिद्यालयमा तोडफोड गरि डेल कम्पनी को आई फाइभ  जेनेरेसन ल्यापटप चोरी भएको थियो।

चोरी भएको घटनाको कुनै अत्तोपत्तो हुन नपाउदै पुस १४ गते सोहि बिद्यालयमा पूण तोडफोड गरि चोरी भएको छ। विद्यालयको तालाचाबी फोरेर भित्र पसी अपरिचित व्यक्तिले विद्यालयको महत्वपुर्ण फाईल तथा कागजातमा क्षति गरेको छ। शिक्षण सामाग्री,ठुलो डिजे स्पिकर,सानो स्पिकर, दुई वटा दराज,हार्डिक्सको चिएर नजिकैको बाकसमा समेत तोडफोड भएको छ।

साथै बिल, भरपाई लथालिङ्ग पारेको तथा दुई वटा दराजमा समेत तोडफोड गरेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा कालिमाटी गाउ पालिका वडा नम्बर ६ का वडा अध्यक्ष टेकराज पुलामीले जानकारी दिए ।

उनका अनुसार,यसअघि पनि प्रहरी चौकी घुईयावारी बाट प्रहरीको टोलि आएको र यस पटक पनि प्रहरीको टोलि आएर तोडफोड को अवलोकन गरि गएको बताए  अघिल्लो पटक को घटनाको दोसी लाई पहिचान हुन नपाउदै अर्को घटना हुनु दुखद भएको भन्दै तत्काल दोसी लिई कडा भन्दा कडा कारर्वाही गर्न उहाले प्रहरीलाइ आग्रह गरेका छन् ।

बारम्वार घटना हुदा विद्यालयको बिद्यार्थी लिई शंखा गरि सोधपुछ गर्दा कुनै आधार नदेखिएकाले प्रहरिको टोलि फिर्ता भएको समेत उहाले जानकारी दिए ।  विद्यालय बाट करीब ५०० मिटर पर मानव बस्ति रहेको र बिद्यालयमा चौकीदारको पनि ब्यबस्था नहुदा पनि यस्ता घटना दोहोरिरहको होको भन्ने अनुमान लगाउन सकिने अध्यक्ष पुलामीले बताए ।

बिद्यालयमा यसरि चोरी हुदा महत्वपुर्ण कागजात, डाटा ,कुर्ची टेवल तथा फर्निचरमा गरेको लगानी खेर जाने हुदा उक्त कार्यमा संलग्न हुने जो कोहीलाई तत्काल कानुनको दाएरामा ल्याउन समेत उनले अाग्रह गरेका छन् ।

मावि काफलगैरीमा एक महिना भित्र २ पटक तोडफोड तथा चोरी

एम यु ग्र्याजुएट स्कुल अफ ल स्थापनाका

मावि काफलगैरीमा एक महिना भित्र २ पटक तोडफोड तथा चोरी

रेडियो पुर्बी रुकुममा चोरी प्रहरिले थाल्यो अनुसन्धान

Leave a comment

Your email address will not be published. Required fields are marked *