जिओकृषि एप्स डिजिटल प्रविधि मार्फत किसानहरुले जानकारी पाउन सक्ने

सुर्खेत ,१४ पाैष ।

भेरीगंगा नगरपालिकाले हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा सुन्दर नेपाल संस्थाको सहजिकरणमा किसानहरुलाई प्रविधिसंग जोड्न थालेको छ । डिजिटल प्रविधिबाट किसानहरुलाई कृषि सम्बन्धी सम्पूर्ण जानकारी दिनका लागि केआओएस के मेसिन जडान गरेको छ । बिहिबार सुन्दर नेपाल संस्थाका परियोजना संयोजकले भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पोखे्रललाई उक्त मेसिन हस्तान्तरण गरेएका हुन्  ।

मेसिन मार्फत किसानहरुले उत्पादन गर्न थालेका कृषि जन्य वस्तुको विवरण, हावापानी, तापक्रम, माटो, बजार भाउको बारेमा जानकारी प्राप्त गर्न सकिनेछ । जिओकृषि एप्स मार्फत किसानहरुले उक्त डिजिटल प्रविधि मार्फत जानकारी पाउन सक्ने जिओ कृषिका कार्यक्रम अधिकृत टोपेन्द्र थापाले जानकारी दिए  ।

जिओ कृषिमा भेरीगंगा क्षेत्रका एक हजार दुईसय ४८ जना किसानहरु आबद्ध रहेका छन् । किसानहरुले उक्त डिजिटल प्रविधिबाट रोग किरा नियन्त्रणका बारेमा समेत जानकारी पाउन सक्नेछन् । प्रविधिमा तरकारी, अन्न,फलफूल,माछा, पशुपालन सम्बन्धी समेत जानकारी पाउन सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै तीन दिन भित्रको मौसमी विवरण जानकारी दिने तयारी समेत गरिएको छ। भेरीगंगा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद पोखे्रलले यस कार्यले कृषकहरुलाई कृषि तथा पशुपालन सम्बन्धि जानकारी दिने भएको हुनाले यो काम अत्यन्तै राम्रो भएको भनि प्रशंसा गर्नु का साथै किसानहरुले उत्पादन गरेका वस्तुहरुको बिक्रि वितरणमा सहज हुने बताए  । किसानहरुले खेतबारीको माटो परीक्षण गरेर मल प्रयोगका बारेमा समेत जानकारी पाउन सक्ने बताइएको छ । जिल्लामा पहिलो पटक भेरीगंगा नगरपालिमामा डिजिटल मेसिन राखिएको हो ।

जिओकृषि एप्स   डिजिटल प्रविधि मार्फत  किसानहरुले जानकारी पाउन सक्ने

तन्नेरीमा बढ्दो हृदयघातको समस्या

जिओकृषि एप्स   डिजिटल प्रविधि मार्फत  किसानहरुले जानकारी पाउन सक्ने

भेरिगंगा ५ मा ३२१ जना किसानका पशुचौपाया

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!