विद्युतको थ्रि फेज लाईन नहुँदा डिप बोरिङ अलपत्र (भिडियाे रिपाेर्टसहित)

सुर्खेत, १३ पौष ।
वीरेन्द्रनगर–१० सानो सुर्खेतमा रहेको समावेशी टोल विकास संस्थाको कार्यक्षेत्रमा खनिएको सार्वजनिक डिप बोरिङ सञ्चालनमा आउन सकेको छैन । विगत दुई बर्षदेखि डिप बोरिङ अलपत्र अवस्थामा पुगेको छ । कृषि विकास निर्देशनालयको अनुदान सहयोगमा आ.व. २०७८/०७९ को बार्षिक कार्यक्रमबाट खानेपानी तथा सिंचाईका लागि डिप बोरिङ खनिएको थियो ।

खनिएको डिप बोरिङमा ५ एचपीको थ्रि पेज मोटर जडान हुन सकेको छैन । विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले थ्रि फेज लाइन जडानमा आनाकानी गरेपछि खानेपानी तथा सिंचाईका लागि पानी उपयोग हुन सकेको छैन । समावेशी टोल विकास संस्थाको कार्यक्षेत्रका १३८ घरधुरी लाभान्वित हुनुका साथै व्यमौसमी तरकारी उपत्पादनका लागि सिंचाई सेवा उपलब्ध हुने जनाइएको छ ।

करिव ४० विगाह बढी क्षेत्रफल जग्गालाई सिंचाई सुविधा पुराउने उदेश्यले डिप बोरिङ खनिएको थियो । सिंचाई सुविधा नहुँदा तरकारी उत्पादनमा समस्या भएको छ । थ्रि फेज लगाईन जडानका लागि विद्युत प्राधिकरण सुर्खेतलाई पटक पटक आग्रह गर्दा समेत बेवास्ता गरिरहेको उपभोक्ता समितिका अध्यक्ष मान बहादुर खड्काले जानकारी दिए । टोल विकास समितिको निवेदन, निर्णयको प्रतिलिपि, वडा नं. १० र कृषि निर्देशनालयको सिफारिस सहित आवश्यक कागजत पत्र पेश गर्दा समेत कुनै सुनुवाई नभएको गुनासो छ ।

भिडियाे रिपाेर्टका लागि यहाँ क्लिक गर्नुहाेस :

https://www.youtube.com/watch?v=-tUGjKi5OZs

 

 

विद्युतको थ्रि फेज लाईन नहुँदा डिप बोरिङ अलपत्र (भिडियाे रिपाेर्टसहित)

आरआर कलेजमा झडप हुँदा पाँच जना घाइते

विद्युतको थ्रि फेज लाईन नहुँदा डिप बोरिङ अलपत्र (भिडियाे रिपाेर्टसहित)

हिमाली बस्तीमा पुसे भैलो

Leave a comment

Your email address will not be published. Required fields are marked *