आरआर कलेजमा झडप हुँदा पाँच जना घाइते

काठमाडौं‌,१३ पाैष ।

काठमाडौंको रत्नराज्यलक्ष्मी (आरआर) कलेजमा दुई पक्षबीच झडप भएको छ। बुधबार बिहान आरआर कलेजमा दुई पक्षबीच झडप हुँदा विद्यार्थीहरू घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

घाइतेको उपचारको लागि मोडल अस्पताल लगिएको छ। भलिबल खेल्ने कुरामा विवाद सुरू हुँदा विद्यार्थीहरूबीच झगडा भएको उनले बताए। विद्यार्थीहरूले ढुंगा हानाहान गरेको उनले बताए।

त्यहाँ उपस्थित विद्यार्थीहरूले खुकुरी हानाहान समेत भएको बताएका छन्। अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश खड्का, हर्क बोहोरा, रवि मगर र ईश्वर विष्ट लगायत घाइते छन्। घटनाको अनुसन्धानको लागि केहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। झडप भएपछि कलेजमा सुरक्षाकर्मीहरू खटिएका छन्।

सेताेपाटी 

आरआर कलेजमा झडप हुँदा पाँच जना घाइते

विदेशबाट फर्केकाले ल्याउने मोबाइलमा १८ प्रतिशत कर

आरआर कलेजमा झडप हुँदा पाँच जना घाइते

विद्युतको थ्रि फेज लाईन नहुँदा डिप बोरिङ

Leave a comment

Your email address will not be published. Required fields are marked *