महान्यायाधिवक्तामा दिनमणि पोखरेल सिफारिस

काठमाडौँ ,१२ पाैष ।

प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेललाई सिफारिस गरेका छन् । सरकारको कानुनी सल्लाहकारका रूपमा रहने पदमा पोखरेललाई सिफारिस गरिएको हो ।

कानुनमा विद्यावारिधि गरेका पोखरेल माओवादीनिकट अधिवक्ता मानिन्छन् । पोखरेललाई बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउने कार्यक्रम छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान छ । पोखरेल यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुनी सल्लाहकारको भूमिकामा थिए ।

कान्तिपुर 

महान्यायाधिवक्तामा दिनमणि पोखरेल सिफारिस

बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गरिने

महान्यायाधिवक्तामा दिनमणि पोखरेल सिफारिस

एम्बुलेन्स आएन, बाटोमै सुत्केरी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!