२०८३ आश्विन १८ गते
×

Now Playing

सडकसँगै गाउँमा पहिरो

रुकुमपश्चिम,११ साउन ।

सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर पहिरोको रूप लिएपछि रुकुमपश्चिमका ३९ घरपरिवार आफन्तको घरमा शरण लिन बाध्य भएका छन्। जिल्लाको आठबीसकोट नगरपालिकाभित्रका दुईवटा वडाका ३९ घरपरिवार पहिरोको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको छ।

नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अमृत बुढाका अनुसार मङ्गलबार दिनभर पहिरोलाई हटाउन र थप क्षति हुन नदिन प्रयास गरेर जोखिममा परेका ३९ वटै घर खाली गरिएको थियो। जोखिममा परेका सबै घरपरिवारका पशुचौपाया र अन्नपात जोगाएर आफन्तको घरमा बस्ने व्यवस्था मिलाइएको वडाध्यक्ष बुढाले जानकारी दिए  ।

राडिज्युला–दाँजे–खदी–बारिङे सडकखण्डबाट निस्केको माटो र ढुङ्गाका कारण राडिज्युला, गारा, सिम्तारा बस्तीको सिँचाइ नहर भत्किएकाले गाउँमाथिबाट पहिरो झरेको हो। पहिरोका कारण सोही वडामा रहेका चारवटा पानीघट्ट र बाटोमा रहेका घुम्ती पसलसमेत पुरिएका छन्।

गाउँमा पसेको पहिरोका कारण कतिपय कच्ची घर भत्किएका छन् भने कतिपय भत्किने अवस्थामा रहेको स्थानीयवासीले बताएका छन्। भत्किएका घरको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन। पहिरोले वडा नम्बर ७ का धान, मकै खेतीबाली सबै बगाइदिएको छ भने वडा नम्बर ८ को स्यालाका मकैबारी पहिरोले ढाकेको छ ।

नगरप्रमुख रवि केसीका अनुसार स्थानीय खड्क बुढा, महेन्द्रकुमार बोहरा, भीमबहादुर बुढा र प्रबिर बुढाको मकैबारीमा पूर्ण रूपले क्षति भएको छ। त्यसैगरी चार जना स्थानीयवासीका घरको छेवैमा पहिरो बग्दा घर कतिबेला पुर्ने हो भन्ने डर भइरहेको उनले बताए । उनले भने  “पानी रोकिने छाँटकाँट छैन। घरमा बस्न पनि डर भयो। राति घरको माथिबाट पहिरोले पुरिदियो भने न ज्यान, न सम्पत्ति नै भेटिन्छ। त्यसैले ती परिवारलाई सुरक्षित स्थानमा रहेका आफन्तको घरमा राखिएको छ।

स्राेत ः गाेरखापत्र

सडकसँगै गाउँमा पहिरो

जुम्लाको गुठीचौरमा गोठालाहरुले आकाशे ताल पत्ता लगाए

सडकसँगै गाउँमा पहिरो

हुम्लामा ऊन उत्पादनमा जोड दिन किसानलाई भेडा

Leave a comment

Your email address will not be published. Required fields are marked *