२०८३ जेष्ठ ११ गते
×

Now Playing

वडामै पुगेर भत्ता वितरण गरेको गाउँपालिकाले योजना सम्झौता पनि वडाबाटै

दुर्गा विसि

सुर्खेत,६ पाैष ।

वडा वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको सिम्ता गाउँपालिका आव २०७९÷०८० को वजेट योजनाका सम्झौताहरु समेत वडामै पुगेर सो काम गर्ने भएको छन  ।

उपभोक्ताको समय, दुख,झनझेट,आर्थिक मार लगाएतका कुराहरूलाई मध्यनजर राखि गाउँपालिकाको टिम वडा वडामै पुगेर योजनाहरु सम्झौता गर्ने निर्णयमा पुगेको प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिएका छन।सिम्ता गाउँपालिकाले लक्ष्मि बैंकको टोलि सहित प्रत्येक वडा वडामा पुगेर समाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ ।

यो पनि असाहे,वृद्ध वृद्धाको स्वास्थ्य,शारीरिक अवस्था,भौगोलिक विकटता आदि कारणले भत्ता वुझ्न बैंकमा आउन समस्या हुने भएकोले आफुहरुले यो आर्थिक वर्ष देखि यस्तो कार्य गर्दै आएको जनाएको छ ।

गाउँपालिकामा आउदा उपभोक्ताको पैसा खर्च,दुख र विभिन्न समस्या हुने भएकोले वडामै पुगेर योजना सम्झौता अभियानमा जुटेको गाउँपालिका अध्यक्ष ऐनवहादुर चन्दको समेत भनाइ रहेको छ ।मुख्य मन्त्री र प्रधानमन्त्री रोजगार कार्यक्रमका योजना सम्झौता सम्पन्न भैसकेको र अन्य योजना सम्झौतामा जुटेका गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको यो कदम प्रती जेष्ठ नागरिकहरु खुसि वनेका छन भने वडामै पुगेर सम्झौता गर्ने कुराले झन सजिलो वनाएको स्थानीयको भनाइ रहेको छ ।योजना सम्झौताको काम यहि पुस ७ गतेदेखि १ नम्बर वडा कार्यालय घोरेटाबाट सुरु गर्ने भएको छ ।

वडामै पुगेर भत्ता वितरण गरेको गाउँपालिकाले योजना सम्झौता पनि वडाबाटै

खमारीका बालबालिकालाई शैक्षिक सामाग्री र न्यानो कपडा

वडामै पुगेर भत्ता वितरण गरेको गाउँपालिकाले योजना सम्झौता पनि वडाबाटै

३२ वर्ष कान्छा युवासँग प्रतिस्पर्धामा देउवा

Leave a comment

Your email address will not be published. Required fields are marked *