२०८३ आश्विन १८ गते
×

Now Playing

नेकपा एसको संसदीय दलको नेतामा माधव नेपाल

काठमाडौँ,४ पाैष ।

 नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव कुमार नेपाल चयन भएका छन् । सोमबार बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले चयन गरेको हो । यस्तै उपनेतामा राजेन्द्र पाण्डे छानिएका छन् । संसदीय दलको प्रमुख सचेतकमा उपमहासचिव प्रकाश ज्वाला चुनिएका छन् ।

यस क्रममा उक्त पार्टीका नवनिर्वाचित सांसदहरूले एकआपसमा बधाइ साटासाट गरेका थिए । तीनकुनेस्थित पार्टी कार्यालयमा अध्यक्ष नेपाल, झलनाथ खनाल लगायत नेताहरूले निर्वाचित सांसदहरूलाई माला लगाइदिएका थिए ।

यसैबीच सोमबारको बैठकले संसदीय दलको विधानमा संशोधन गर्नुपर्ने भएमा सुझाव दिन सांसदहरूलाई आग्रह गरेको कार्यालय सचिव गंगालाल तुलाधरले  बताए ।

कान्तिपुर 

नेकपा एसको संसदीय दलको नेतामा माधव नेपाल

अर्जेन्टिना विश्वविजेता

नेकपा एसको संसदीय दलको नेतामा माधव नेपाल

पालिकासँग भवन माग्दै प्रहरी

Leave a comment

Your email address will not be published. Required fields are marked *