जहरे तथा झिग्नी बजारमा अनुगमन ः एग्रोभेटमै भेटियो म्याद सकिएको सामान

दिलिप ढकाल,
कात्तिक २ सुर्खेत ।

चाडपर्ब नजिकिए संगै देशैभर बजार अनुगमन गर्ने क्रम चलिरहेकै बेला जिल्लाको भेरिगंगा नगरपालिकामा पनि चाड पर्ब लक्षित बजार अनुगमन गरिएको छ। भेरिगंगा नगरपालिकाले बिभिन्न समयमा गर्दै आएको अनुगमन लाई निरन्तरता दिने क्रमममा चाडपर्ब लाई लक्षित गर्दै बजार अनुगमन गरेको हो।

भेरिगंगा नगरपालिकाको दोस्रो ठुलो बजारको रुपमा रहेको जहरे बजार र झिग्नी बजारमा अनुगमन गरिएको हो । उपभोक्ता हित संरक्षण समितिको संयोजक एबम भेरिगंगा नगरपालिका उप प्रमुख धनसरा बोहोराले  सामान खरिद गर्दा अनिवार्य उपभोग्य मिति हेर्न तथा ब्यापारी लाई पनि म्याद सकिएको सामान बिक्रि वितरण नगर समेत आग्रह गरिएको  हो।

अनुगमनका क्रममा झिग्नी बजारका १२ वटा पसलको अनुगमन गरिएको थियो भने जहरे बजारका ९ वटा पसलमा अनुगमन गरिएको थियो।  जस अन्तरगत झिग्नी बजारका २ वटा एग्रोभेट र जहरे बजारमा पनि २ वटा एग्रोभेटमा अनुगमन गरिएको थियो। भने झिग्नी र जहरे बजार गरि १७ वटा किराना पसलमा पनि अनुगमन गरिएको हो। अनुगमन गरिएका एग्रोभेट पसलमा म्याद सकिएको बिषादी तथा भिन्न बिउ बिजन फेला परेको छ ।

भने खाध्य तथा किराना पसलमा म्याद सकिएका बिभिन्न मरमसला ,चाउचाउ, बिस्कुट लगाएतको दैनिक उपभोग्य सामाग्री भेटिएको हो। साथै झिग्नी बजारमा अनुगमन गरिएका मेडिकलमा बोर्ड नभएको तथा फार्मेसी दर्ता नभएको र जहारे बजारका मेडिकलमा अनुगमन गर्दा नगरपालिका लाई तिर्नु पर्ने कर नतिरेको पाइएको छ ।

अनुगमनको क्रममा अधिकांश पसलमा मुल्य सुची नराखेको, नबिकरण नगरिएको,म्याद गुज्रेका सामग्री भेटिएको तथा धेरैले आफ्नो व्यवशाय नविकरण नगरेको, विल लिने दिने नगरेको, पसल तथा व्यवसाय व्यवस्थीत नगरेको, सबै किसिमका सामग्री एकै ठाउँ राखिएको तथा सरसफाईमा पनि ध्यान नदिएको पाईएको छ। म्याद गुजरीएको सामान अनगमन टोलीले नियन्त्रण लिएको छ । साथै अनुगमन गर्दा देखिएका कमि कमजोरी लाई छिट्टै सुधार गर्न ब्यापारी हरु लाई अनुरोधगरिएको  अनुगमन टोलीको संयोजक चित्रा डाङ्गीले बताए।

अनुगमनमा भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल,नगर उप प्रमुख धनसरा बोहोरा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेल, भेरीगंगा नगरपालिका प्रशासन प्रमुख सिता खत्री, जनस्वास्थ्य निरीक्षक (अधिकृत छैटौ) अर्जुन चपाई ,कृषि शाखा प्राबिधिक भिम कुमारि अधिकारी, पशुपंक्षी बिकास शाखा प्रमुख भोज प्रसाद चपाई ,

उधोग वाणिज्य संघ भेरीका अध्यक्ष सोमराज ढकाल, योजना तथा अनुगमन शाखा प्रमुख पिताम्बर पौडेल,भेरीगंगा नगरपालिका वडा न ६ का वडा अध्यक्ष लाल सिंह बुढा क्षेत्री, वडा नम्वर ९ का अध्यक्ष प्रेम बहादुर आग्री, कार्यपालिका सदस्य शेर बहादुर कामि, , कार्यपालिका सदस्य गौमाया खत्री, घरेलु महासंघ भेरीगंगाका अध्यक्ष रघुवीर मिजार,पत्रकार एवं उधम बिकास सहजकर्ता लाल बहादुर कार्की, सुनिता जैसी तथा सुरक्षाकर्मी को उपस्थिती रहेको थियो ।

जहरे तथा झिग्नी बजारमा अनुगमन ः एग्रोभेटमै भेटियो म्याद सकिएको सामान

आफ्नै नन्दलाई हराएर कीर्तिमानी स्वर्ण जितिन् नविताले

जहरे तथा झिग्नी बजारमा अनुगमन ः एग्रोभेटमै भेटियो म्याद सकिएको सामान

YUGAAWHAN NATIONAL DAILY (2079-07-03)

Leave a comment

Your email address will not be published. Required fields are marked *