दुई क्षेत्र, दस सांसद

दैलेख,३ पाैष  ।

प्रतिनिधि सभामा दुई क्षेत्र रहेको दैलेखबाट समानुपातिकमा चार र कर्णाली प्रदेश सभामा चार सदस्य निर्वाचित भएका छन  । प्रदेश र सङ्घीय संसद्मा समानुपातिकसहित ११ पालिका रहेको दैलेख जिल्लाबाट १० जना जनप्रतिनिधिले प्रतिनिधित्व गर्ने छन ।

निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अम्मरबहादुर थापा भगवतीमाई गाउँपालिका–१ का बासिन्दा हन । प्रदेश सभा सदस्यमा निर्वाचित कृष्णकुमार बीसी गुराँस गाउँपालिका–६ र पूर्णबहादुर खत्री डुँगेश्वर गाउँपालिका–१ का बासिन्दा हुन ।

प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)बाट समानुपातिक सांसद सूर्यकुमारी श्रेष्ठ नारायण नगरपालिका–१ का बासिन्दा हुन। यस्तै प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित दिक्पालकुमार शाही र प्रदेश सभा सदस्यमा समानुपातिकबाट निर्वाचित इन्द्राकुमारी शाही चामुण्डाविन्द्रासैनी नगरपालिकाका बासिन्दा हुन।

आठबिस नगरपालिका–१, सात्तलाकी गमता विक र ठाटीकाँध गाउँपालिका–२ का विनोदकुमार शाह नेकपा (एमाले)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन । दुल्लु नगरपालिका–८ का घनश्याम भण्डारी नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्यमा तथा भैरवी गाउँपालिका–१ की सीता राना प्रतिनिधि सभा सदस्यमा समानुपातिकबाट निर्वाचित भएकाे छ ।

गाेरखापत्र 

दुई क्षेत्र, दस सांसद

हुम्लामा बासमती चामल ढुवानी

दुई क्षेत्र, दस सांसद

नगर प्रहरी भर्नाविरुद्धको रिटमा सुनुवाइ सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *