राष्ट्रपतिले गरिन एकै दिन १३ विधेयक प्रमाणीकरण

काठमाडौं,३२ असार ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार एकै दिन १३ विधेयक प्रमाणीकरण गरेकी छिन्  । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई आएका १३ विधेयक राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा (२०) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपतिले प्रमाणीकरण गरेका विधेयकमा बजेटसम्बन्धी, लोकसेवा आयोगसम्बन्धी, नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी, औषधिसम्बन्धी, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी, रेल्वे सम्बन्धी र तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी हुन् ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेसँगै कानूनका रूपमा सक्रिय हुनेछ ।
विधेयकहरू

. लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
. आर्थिक वर्ष २०७९÷०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
. ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक
‍‍‍‍‍‍‍ ‍.राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक
.नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक
.तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
. यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक
. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक
. नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
. सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक
. औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक
. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१ र
. रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९÷३÷३१ रहेको छ ।


स्रोत :  सेतोपाटी

राष्ट्रपतिले गरिन एकै दिन १३ विधेयक प्रमाणीकरण

जाजरकोटका सात स्थानीय तहमा ३१ करोड बढी

राष्ट्रपतिले गरिन एकै दिन १३ विधेयक प्रमाणीकरण

भारतसँगको सम्बन्ध विशिष्ट हो, कहिल्यै टुट्दैन :

Leave a comment

Your email address will not be published. Required fields are marked *