२०८३ आश्विन १७ गते
×

Now Playing

स्थानीय चुनाबलाई फर्केर हेर्दा

प्रचण्ड खत्री
रुकुम पश्चिम ३० जेठ ।

रुकुम पश्चिममा स्थानीय चुनाबलाई हेर्दा अलि बिथलो जस्तो भएको छ । माओबादीले जित्ने ठाउँमा कांग्रेसले जितेको छ भने कांग्रेसले जित्ने ठाउँमा माओबादीले जितेको छ । कार्यकर्ताले गर्दा पार्टीले चुनाब हारेको सबन्धित पार्टीका नेताहरुले आरोप लगाएका छन् ।

२०७४ सालामा सिंगो रुकुम पशिम हाकेको माओबादीले २ वटा स्थानीय तह र केहि वडा हार बेहोर्नु पर्यो चुनाब हार्नु भनेकै पार्टीका कार्यकर्ताको असहमताका कारणले गर्दा भएको बाफिकोट गाउँपालिका वडा नम्बर ५ बाट नेकपा माओबादी केन्द्रबाट वडा अध्यक्ष हारेको दक्ष पुनको भनाई छ ।

पार्टीकै अंतरघातका कारण मुसिकोटमा १३ मतले माओबादी केन्द्रले हार बेहोर्नुपर्यो त्यस्तै बाफिकोटमा पनि पार्टीका अगुवा कार्यकर्ताको अन्तरघातका कारण चुनाब हार्नु परेको राजनीतिक विज्ञको भनाई छ । रुकुममा गठबन्धन बिरुद्ध आफ्नै तालमा पार्टीले तालमेल गरेर पनि यो परिणाम देखिएको हो ।

माओबादी केन्द्रका प्रभाबशालि नेता नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माकोकै वडाबाट माओबादी केन्द्रका उम्मेदवार हार बेहोरेका छन । यसको प्रभाब नेता शर्मालाई मात्र होईन सिंगो पार्टीलाई पर्न गएको एक नेताको भनाई छ ।

रुकुमका २०७४ मा सबै स्थानीय तह जित्नु २०७९ सालामा आए केहि स्थानीय तह हार्नु भनेको पार्टी भित्र केहि रहस्य रहेको हुनुपर्छ । पार्टी भित्रै घातका कारणले गर्दा शिर्ष नेताले हार्नुपर्यो । बाफिकोटकै कुरा गर्दा उपाध्यक्षले ४ सय मतले जित्नु अध्यक्षले ३१ मतले हार्नु भनेको कस्तो खालको प्रबिधि हो ?

रुकुममा माओबादी पार्टीलाई सुधार्न केन्द्र देखि जिल्ला स्तरका नेता कार्यकर्ता लगनशीलता भएर आजका िदन देखि लाग्न जरुरि देखिन्छ । म ठुलो हो म अगाडिको मान्छे हो , मलाई सबैले मान्छन अनि मलाई मान्नै पर्छ प्रबिधि माओबादी केन्द्र बिग्रिएको स्थानीय साधारण कार्यकर्ताको भनाई छ ।

स्थानीय चुनाबलाई फर्केर हेर्दा

भारतमा सङ्क्रमण बढेसँगै जोखिममा नेपाल

स्थानीय चुनाबलाई फर्केर हेर्दा

उदयपुरका चार जनामा कालाजार

Leave a comment

Your email address will not be published. Required fields are marked *