माबि लोदे का ५ जना विद्यार्थीमा कोरोना संक्रमण

दिलिप ढकाल
सुर्खेत, २५ साउन ।
मौसम परिबर्तन हुदै गर्दा पछिल्लो समयमा रुघा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने लगाएत विभिन्न समस्या हरु देखा पर्न थालेका छन्। यी र यस्ता लक्षण हरु कोभिड सँग मिल्दो जुल्दो लक्षण हुने हुदा चेक जाच गर्ने क्रम पनि दैनिक बढिरहेको छ र दैनिक रुपमा कोभिड संक्रमित हुनेको सङ्ख्या पनि बृदी भईरहेको छ।

यस्तै लक्षण देखिएका पुर्बी सुर्खेतको भेरिगंगा नगरपालिका वडा नम्बर ८ लोदे स्थित श्री नेपाल रास्ट्रीय माध्यमिक बिद्यालयका २० जना विद्यार्थीमा गरिएको कोरोना परिक्षणमा ५ जना विद्यार्थीमा कोरोना पोजेटिभ देखिएको छ।

बिद्यालयमा अध्यनरत विद्यार्थीमा संकास्पद लक्षण देखिएपछि चेक जाच गर्दा विद्यार्थीमा कोरोना पोजेटिभ देखेको बिद्यालयका प्रधानाध्यापक भानु प्रसाद शर्माले जानकारी दिनु भयो। संक्रमित विद्यार्थीहरूको अवस्था सामान्य रहेको र बिद्यार्थी लाई होम आईसोलेसन मा बस्न सुझाब दीइएको तथा सन्चो भएपछी पूणस्बिद्यालय आउन समेत आग्रह गरिएको प्रधानाध्यापक शर्माले जानकारी दिनु भयो। साथै उहाले सम्पूर्ण अभिभावकहरू र विद्यार्थीहरूलाइ सजग रही सुरक्षाका मापदण्ड अपनाउन, मास्क र स्यानीटाइजरको प्रयोग गर्न समेत आग्रह गर्नु भएको छ।

तपाईको प्रतिक्रिया