टिकट नपाएपछि पार्टीभित्र अन्तरघात : उपसभापति खड्का

सुर्खेत, १३ असार ।

नेपाली कांग्रेसका केन्द्रीय उप–सभापति पूर्णबहादुर खड्काले टिकट नपाएको झोकमा पार्टीभित्रै अन्तरघात भएको बताएका छन् । आइतबार सुर्खेतमा भएको स्थानीय तह निर्वाचन–२०७९ बाट निर्वाचित कांगे्रस जनप्रतिनिधिलाई शुभकामना एवम् अभिमुखीकरण कार्यक्रममा उपसभापति खड्काले यस्तो बताएका हुन् ।

‘कांग्रेस पार्टीको निर्णयविरुद्ध सूर्य र हलोलाई केहीले भोट दिए, हाम्रो पार्टीको निर्णयभन्दा बाहिरको पार्टीका उम्मेदवारलाई भोट दिएको प्रमाण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको निर्वाचनमा देखिएको छ । खड्काले भने ।


अहिलेको जनमत हेर्ने हो भने सबै कांग्रेसीहरुले चार तारे झण्डा र रूखमा लागेको भए चार सयभन्दा बढी पालिका जित्न सकिने खड्काले दाबी गरे । कार्यक्रममा सुर्खेतका ९९ वडामध्ये कांग्रेसले जितेका ५३ वडाका जनप्रतिनिधिलाई सम्बोधन गर्दै जनतालाई ध्यानमा राखेर कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।

स्रोत :  गोरखापत्र


Leave a Reply

Your email address will not be published.


ताजा समाचार