१० वर्षदेखि बराबरी खेल्दै स्पेन र पोर्चुगल

काठमाडौँ, २० जेठ

८ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका रिकार्डो होर्टाले गोल गरेपछि पोर्चुगलले नेसन्स लिगको पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको छ ।

यसअघि स्पेनका लागि खेलको २५ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८२ औँ मिनेटमा होर्टाले जोआ क्यान्सेलोको पासमा गोल गर्दै खेल बराबरी गरे ।

होर्टाले पछिल्लोपटक सन् २०१४ मा १९ वर्षको हुँदा पोर्चुगलको राष्ट्रिय टोलीका लागि खेल खेलेका थिए । दुई टोलीबीच विजेता नभएको लगभग १० वर्ष पुगिसकेको छ । यसबीचमा दुई टोलीले खेलेका ५ खेल सबै बराबरीमा टुंगिएको छ ।

समूह ए २ को अन्य खेलमा चेक रिपब्लिकले स्वीटजरल्याण्डलाई २–१ गोलले हरायो । अब चेकले स्पेको आतिथ्य गर्नेछ भने पोर्चुगलले घरेलु मैदानमा स्वीटजरल्याण्डको सामना गर्नेछ ।

तपाईको प्रतिक्रिया