वीरेन्द्रनगरका मेयर को हुन मोहनमाया ढकाल

सुर्खेत, ६ जेष्ठ ।
०७४ सालको स्थानीय तहको निर्वाचनमा अग्र स्थानमा मत ल्याएर उपप्रमुख बनेकी मोहनमाया कर्णालीका महिला नेतृ मध्ये एक अब्बल, बौद्धिक नेता हुन् । वीरेन्द्रनगर–१६ गर्पन मेहेलीमा २०३६ साल चैत्र ७ गते जन्मिएकी उनी अहिले वीरेन्द्रनगर नगरपालिका–८ की स्थायी रैथान्ने बासिन्दा हुन् ।

पाँच बर्षे कार्यकाल उपप्रमुख भएर चलाएकी बीचमा लामो समय का.वा नगरप्रमुख जिम्मेवारी समेत निर्वाह गरेकी थिइन् । प्रमुख देवकुमार सुवेदी कारणबस नेपाल बाहिर जानुपरयो ।

केही समय उतै समय दिनुपर्ने भएपछि ढकालले का.वा प्रमुख भएर नगरपालिका हांकेकी थिइन् । अझ कोरोना भाइरस (कोभिड–१९)को महामारीमा पनि ढकालले निकै महत्वपुर्ण भूमिका निर्वाह गर्न सफल भइन् ।

जसका कारण उनको प्रसंशा चुलिएको थियो । ०५६ सालमा वीरेन्द्रनगरकै शिक्षा क्याम्पसबाट अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्य हुँदै राजनीतिको फराकिलो यात्रा तय गरेकी ढकाल अहिले एमालेको जिल्ला सह–इञ्चार्जको भूमिका छन् भने केन्द्रीय सदस्यको समेत जिम्मेवारीमा छिन् । पाँच बर्षे कार्यकालमा न्यायिक समितिको संयोजक हुँदा महत्वपुर्ण कार्य गरेकी छन् ।

महिला हिंसा र सामाजिक विकासको क्षेत्रलाई प्राथमिकतामा राख्दै उनले स्वच्छ, सुन्दर वीरेन्द्रनगर बनाउने संकल्पका साथ प्रमुख बन्ने चाहना व्यक्त गरेकी थिइन् । नभन्दै उनले मतका साथ राजधानीको नगरपालिकाको प्रमुखमा निर्वाचन भइन् ।

एउटा महिला नेतृले राजधानी जस्तो पालिकाको प्रमुख बन्नु चानचुने कुरा पक्कै होइन् । २०६० सालदेखि २०६२ सम्म विद्यार्थी राजनीतिमै सक्रिय रहेकी ढकाल ०६२ मा पार्टी राजनीतिमा प्रवेश गरेकी थिइन् ।

दुई कार्यकाल अखिल नेपाल महिला संघको नेतृत्व चलाएको पनि उनीसँग अनुभव छ । उनले भनिन,‘ म उपप्रमुख भएर सहजाताका साथ जिम्मेवारी पुरा गरेकाले नै प्रमुख भएर पनि नगरपालिकालाई हाँक्न सक्छु भन्ने अठोटका साथ प्रमुखमा लडेको हो । जबसम्म सामाजिक विकासलाई परिवर्तन गर्न सकिँदैन तबसम्म अन्य विकासले खासै अर्थ राख्दैन ।

सामाजिक विकासका लागि महिला नेतृत्वमा आउन आवाश्यक हुन्छ ।’ पाँच बर्षे कार्यकाल विवादरहित निर्वाह गरेकी ढकालले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेकी छन् ।

ढकालले प्रदेश राजधानीमा एमालेको पुरानो विरासतलाई फकाएको एमालेका नेताहरु बताउँछन् । २०४९ र ०५४ सालमा पनि एमालेले जितेको थियो । ०४९ मा पुर्व मन्त्री एवं एमालेका प्रदेश इञ्चार्ज यामलाल कँडेल निर्वाचित भएका थिए भने ०५४ मा बालाराम शर्मा मेयरमा चुनिका थिए ।

शर्मा वीरेन्द्रनगरका परिचित नेता हुन् । उनले ०७४ को निर्वाचिनमा मेयरको दाबी गरेका थिए । यद्यपि उनी पराजित भए । नगरपालिकाको नेतृत्व काँग्रेसले पायो । अहिले ढकालले एमालेको पुरानो विरासतलाई फर्काएकी छन् । वीरेन्द्रनगरमा विगतदेखि नै काँग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया