अब जुम्लामै डायलासिस सेवा

जुम्ला १८ साउन ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब डायलासिस सेवा सञ्चालन गर्ने भएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डायलासिस उपकरण ९मेसिन० उपलब्ध गराएपछि उक्त सेवा सुरु हुन लागेको हो।

प्रतिष्ठानका निर्देशक डा राजीव शाहका अनुसार २०६८ मा स्थापना भएको प्रतिष्ठानमा मिर्गौलारोगीको उपचार डायलायसिस सेवा दिने गरेको थिएन। मन्त्रालयले प्रतिष्ठानलाई ५ सेट डायलायसिस उपकरण उपलब्ध गराएपछि सेवा सञ्चालन गर्न लागिएको हो।

उनले भने, ‘अस्पतालमा मिर्गौलारोगी आउने गरेका थिए तर उपकरण नहुँदा सेवा दिन सकेका थिएनौं। अब जुम्ला अस्पतालमै यो समस्या समाधान हुने भएको छ।’  अस्पतालले आकस्मिक सेवा, बहिरङ सेवा, अन्तरङ सेवा, शल्यक्रिया सेवा, प्रसूति सेवा, ब्लड बैंक, समुदायमा स्वास्थ्य सेवा, विस्तारित सेवा, एम्बुलेन्स सेवा र टेलिमेडिसिन सेवा दिँदै आएको प्रतिष्ठानले जनाएको छ।

यस्तै मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतस्थित प्रदेश अस्पताललाई पनि चार थान डायलायसिस उपकरण उपलब्ध गराएको छ।

स्राेत ः रासस

अब जुम्लामै डायलासिस सेवा

नयाँ मतदान स्थल कायम गर्न माग

अब जुम्लामै डायलासिस सेवा

मुलुकका केही स्थानमा भारी वर्षाकाे सम्भावना

Leave a comment

Your email address will not be published. Required fields are marked *