२०८३ असार २ गते
×

Now Playing

स्वतन्त्र पार्टीकाे  प्रदेशस्तरी भेला कर्णालीवासीको सहानुभूति बटुल्ने प्रयास

सिर्जना बुढाथोकी ।

सुर्खेत १७ साउन ।

संगठन विस्तारका क्रममा रहेको नवनिर्मित राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबार वीरेन्द्रनगरमा आफ्नो पहिलो कार्यक्रमका रुपमा प्रदेशस्तरीय भेला गरेको छ । वीरेन्द्रनगरमा रहेको करिव ८ सय जना क्षमताको सिटीहलमा खचाखच भरिएका अधिकांश युवा सहभागीहरुको बीचमा उपस्थित भएका पार्टीका प्रमुख रवि लामिछानेले आफूहरु परम्परागत दलहरुको विकल्प बन्ने दाबी गरे ।

अहिलेसम्मका दूरावस्था र व्यथितिका लागि पुराना दल र तिनका नेताहरुलाई दोष लगाउँदैमा आप्नो अधिकांश समय खर्चिएका लामिछानेले कर्णालीको विगतदेखि हालसम्मको अवस्थाबारे चित्रण गर्दै सहानुभूति बटुल्ने भरमग्दुर कोशिसपनि गरे । कर्णाली प्रदेशको कालिकोटमा आफूले बनाएको रास्कोट अस्पतालको ब्याजबापत भोट माग्न नआएको जिकिर गर्दै उनले आफूहरु परिवर्तन संकल्प लिएर आएको बताए ।

आप्नो पहलमा अस्पताल बनाएर दुःखी गरिब जनताको सेवा गर्दापनि आप्नो चरित्र हत्या गर्न नछाडिएको दुःखेसो गर्दै उनले अहिलेसम्म रास्कोट अस्पतालबाट आठ हजार नौ सय ५६ जनाको उपचार भएको दाबी गरे । सभापति लामिछानेले आफूले टेलिभिजनको पर्दाबाट देशका विभिन्न ठाउँका समस्याहरु देखाउँदै समाधान गर्ने व्यक्तिको पर्खाइमा आजसम्म बस्दा कोहि नआएपछि अाफू मैदानमा उत्रिएको तर्क गरे ।

‘कर्णालीका जनताहरु बिहान बेलुकीको छाक टार्नका लागि भारतमा श्रम बेच्नुपर्ने बाध्यतामा छन,’ उनले भने, ‘नेतृत्वमा बसेकाहरु काठमाडौंमा चैनका साथ आराम गरिरहेका छन्, अब यस्तो नेतृत्व फेर्नुपर्ने बेला आएको छ ।’  अब देशका विभिन्न ठाउँमा देखिएका राजनीतिक फोहोर आफ्नो नेतृत्वमा सफा हुने भन्दै सभापति लामिछानेले चुनावमा भोट हालिसकेपछि कानमा तेल हालेर बस्ने नभई जागरुक भई प्रश्न सोध्ने मतदाताका खाँचो रहेको औंल्याए ।

भेलामा अधिकांश युवासहित कर्णालीका दशवटै जिल्लाका करिब तीन हजारभन्दा बढीको सहभागिता रहेको अनुमान गरिएको छ ।  प्रदेशस्तरीय भेलामा सहभागी हुन सुर्खेतको लेकवेशी नगरपालिकाबाट आइपुगेकी गोमा चालिसेले नयाँ र युवा नेतालाई देख्दा आश लागेको बताइन् । ‘सबैले राम्रो–राम्रो भन्छन्, भाषण सुन्दा निकै राम्रोपनि लाग्यो’ उनले भनिन्, ‘अब बोली अनुसारको काम गर्छन् कि गर्दैनन् हेर्न बाँकी छ, भाषण त सबैको राम्रो हुन्छ ।’

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका नरबहादुर विकले भने निराशा व्यक्त गर्दै जुन नेता आएपनि उस्तै भएको प्रतिक्रिया दिए । ‘यहाँ आएका हामी जस्ताले केही गर्न सक्दैनौँ,’ उनले भने, ‘रवि लामिछाने पनि सांसद मात्रै बन्ने हुन् हामी जनता जहाँको त्यहीँ हो, जनताका समस्या जस्ताको त्यस्तै हुने हुन् ।

स्वतन्त्र पार्टीकाे  प्रदेशस्तरी भेला कर्णालीवासीको सहानुभूति बटुल्ने प्रयास

रुकुम पश्चिममा अटो दुर्घटना हुँदा चालक सहित

स्वतन्त्र पार्टीकाे  प्रदेशस्तरी भेला कर्णालीवासीको सहानुभूति बटुल्ने प्रयास

कृषि विकास कार्यालय जाजरकोटका सुब्बा देखि हाकिम

Leave a comment

Your email address will not be published. Required fields are marked *