सार्वजानिक पुुस्तकालय संचालन को योजनामा गुर्भाकोट ग्यालरी

दिलिप ढकाल
सुर्खेत, असार–१७
विभिन्न सामाजिक काम गर्दै आएको गुर्भाकोट ग्यालरी पुराना तथा पढी सकेका किताब हरु संकलन गरि सार्वजानिक पुुस्तकालय संचालनको योजनामा जुटेको छ । आफु सँग र आफ्ना वरपरका साथि भाई सँग पढिसकेका किताब हरु उपलब्ध भएको अबस्थामा ति किताबहरु गुर्भाकोट ग्यालरीले तोकेको स्थानमा लगेर छोड्न समेत आग्रह गरिएको छ ।

संकलन तथा प्रदान गरेका किताबहरू स–सम्मान नाम ठेगाना सहित संकलन हुने भएकाले ज्ञानको ज्योती बाड्ने पबित्र काममा साथ दिन समेत सबैलाई अनुरोध गरिएको छ । पुराना तथा पढिसकेका किताब हरु जम्मा गर्नको लागि सम्पर्क स्थान हरु निम्न अनुसार रहेका छन् ।
१.गैरिबजारको लागि : किरण किराना पसल
२. बोटेचौर को लागि : गुर्भाकोट फर्निचर उद्योग
३.घुमखहरे को लागि : न्यु राना हार्डवयर
४. गुमी को लागि : दिप एग्रो एण्ड पोल्ट्री फर्म
५.बडाखोलिको लागि : न्यु एभरेस्ट स्टेसनरी र
६.मेहेल्कुनाको लागि : गार्डेन मार्ट






