नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेतालाई सम्मान

दैलेख, १५ कात्तिक ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका स्वर्ण पदक विजयी बक्सर चन्द्रकला थापालाई सम्मान गरिएको छ । जिल्लाको भगवतीमाई गाउँपालिका र भगवतीमाई खेलकुद विकास समितिले नगद पुरस्कार र प्रमाण पत्रद्वारा उनलाई सम्मान गरिएको हो ।

समिति अध्यक्ष शमशेरबहादुर खड्काले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई कांस्य र स्वर्णपदक प्राप्त गरी गाउँपालिकाको नाम राख्न सफल खेलाडीलाई प्रथम वडास्तरीय फुटबल प्रतियोगिताको अवसर पारेर नगद ३५ हजार रुपियाँ र प्रमाणपत्रले सम्मान गरिएको बताए ।
गोरखापत्र






