नेपाल र भारतबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि सहमति


काठमाण्डौ :  नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

आज मङ्गलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको उपस्थितिमा नेपाल सरकारका तर्फबाट स्वास्थ्य सचिव डा। रोशन पोखरेल र भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

यससँगै नेपालमा कोरोनाविरुद्धको खोप लगाएकाहरूले भारतमा मान्यता पाउँछन् भने भारतमा कोरोनाविरुद्धको खोप लगाएकाहरूले पनि नेपालमा मान्यता पाउने भएका छन् ।

यसअघि कोरोना खोपको मान्यता नपाएका कारण नेपाल–भारत सीमामा आवतजावतको समस्या भएको थियो । अब भने नेपालमा भारतबाट आइ काम गर्ने कामदार र नेपालबाट भारत गइ काम गर्नेहरूलाई सहज भएको छ ।

नेपाल र भारतबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि सहमति

कक्षा ११ को रजिष्ट्रेशन खुल्यो

नेपाल र भारतबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि सहमति

अमेरिकाले लोकतन्त्र विषयमा सम्मेलन गर्दै : एकसय

Leave a comment

Your email address will not be published. Required fields are marked *