सल्यानमा देउवा प्यानलका विष्ट ५ मतले विजय

दुर्गा विष्ट/मंसिर ७, सल्यान : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनको लागि सल्यानमा भएको चुनावी प्रतिस्पर्धामा सभापति पदमा केश बहादुर बिष्ट ५ मत अन्तरले विजयी भएका छन । कुल १२३५ मत मध्ये बिष्टले ६१२ मत ल्याएका छन भने उनका प्रतिस्पर्धी धुर्वराज पुरीले ६०७ पाएका छन ।
त्यस्तै उपसभापति पदमा बिष्ट प्यानलका सन्तोष केसी र पुरी प्यानलका चक्र देवकोटाले विजयी भएका छन भने सचिवमा पुरी प्यानलबाट प्रकाश भण्डारी र बिष्ट प्यानल बाट एकराज बुढाथोकी विजयी भएका छन । सहसचिवमा पुरी प्यानलबाट जनकराज गौतम र पदम बुढाथोकीले जित हाँसिल गरेका छन । यस्तो छ मत परिणाम जम्मा मत संख्या:- १२८० जम्मा खसेको मत संख्या :- १२३५
सभापति
केश बहादुर बिष्ट :-६१२ ध्रुब राज पुरी :-६०७
उप-सभापति
गोपाल बुढाथोकी:-५०६ चक्र बहादुर देवकोटा:-५९६ दिल्ली बहादुर बुढाथोकी:-५६२ सन्तोष के.सी:- ६२०
सचिब
राज बुढाथोकी:-५५९ दिल्ली प्रसाद जैसी:-५३१ प्रकाश भण्डारी:-७०३ लोक राज आचार्य:-४९७
सह-सचिब
खिम बहादुर रावत:-५६९ जनक राज गौतम:-६३४ पदम बहादुर बुढाथोकी:-५७५ बुद्धि प्रकाश हमाल:-५६४







