१४ सांसदलाई कारबाही गर्न एमालेद्वारा सभामुखको ध्यानाकर्षण

काठमाडौं : माधव नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ।

बिहीबार सभामुख सिंहदरबारमा सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरुले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको माधवकुमार नेपाल पक्षका १४ जना सांसदलाई तत्काल कारबाही गर्न माग गरेको हो।

सभामुख सापकोटालाई भेटेपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा नेकपा एमालेका नेता विशाल भट्टराईले सभामुख सापकोटाले तत्काल कारबाही गर्छु भन्ने आश्वासन दिएको बताए।

नेता भट्टराईले अरू दलका नेतालाई तत्काल कारबाही गरे पनि ७२ घण्टा बित्न लाग्दासमेत नेकपा एमालेले कारबाही गर्न पठाएका १४ जना नेताहरूलाई कारबाही गर्न विलम्ब गरिरहेको बताए। उनले विलम्ब गरेर निर्वाचन आयोगमा दल दर्ता सकेपछि सूचना दिए त्यो गैरकानुनी, गैरसंवैधानिक, वदनियत र नेकपा एमालेलाई जसरी पनि टुक्रयाउँछु भन्ने नियत रहेको बताए।

उनले भने, ‘नेकपा एमालेको केन्द्रीय कमिटीले निर्णय गरेर नेपालको राजनीतिक दलसम्बन्धी ऐन र प्रतिनिधिसभा नियमावलीलाई फलो गरेर हामीले हाम्रो पार्टीको पटक पटक ह्वीप उल्लंघन गर्ने, अनुशासनको दायरा नाघ्ने पार्टीका १४ जनालाई दल त्याग गरेको सूचना दिएका थियौँ तर कारबाहीका लागि किन विलम्ब भइरहेको छ?’

नेपाल पक्षको दल दर्तापछि मात्रै सभामुखले कारबाही गर्छु भन्ने सोचेको भए नेकपा एमाले चुप लागेर नबस्ने पनि उनले बताए।

१४ सांसदलाई कारबाही गर्न एमालेद्वारा सभामुखको ध्यानाकर्षण

बागमती : डोरमणि पौडेलले सरकारी निवास छोडे

Leave a comment

Your email address will not be published. Required fields are marked *