नयाँ पार्टीको दर्ता सनाखत हुनासाथ मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) पार्टीको दर्ता प्रक्रिया पूरा हुनासाथ सरकारले पूर्णता पाउने बताएका छन्।

समाजवादी केन्द्रले नेपालले आयोजना गरेको ‘एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हिजोबाट नयाँ परिस्थिति बनेको छ। आज बिहान पनि प्रधानमन्त्री, माधव नेपाल र म बसेको थियौँ। नयाँ पार्टी दर्ता सनाखत हुनासाथ मन्त्रीपरिषद्ले पूर्णता पाउँछ।’

गत बैशाख ८ गते ओलीले ल्याएको अध्यादेश लोकतन्त्र र संविधानविरोधी भएको आरोप लगाउँदै दाहालले अहिले सरकारले ल्याएको अध्यादेशको भने बचाउ गरे।

प्रचण्डले भने, ‘ओलीको अध्यादेशको लोकतन्त्र र संविधान सिध्याउनका लागि थियो भने अहिले ल्याएको अध्यादेशले लोकतन्त्र, संविधान र कम्युनिष्ट आन्दोलन रक्षा गरेको छ।’

नयाँ पार्टीको दर्ता सनाखत हुनासाथ मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रचण्ड

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *