डेनमार्कलाई हराउँदै बेल्जियम नकआउट चरणमा

एजेन्सी । बेल्जियम युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति भएको खेलमा डेनमार्कलाई २–१ ले हराउँदै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको हो।
खेलको दोस्रो मिनेटमै युसुफ पाउल्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए पनि जितका लागि पर्याप्त भएन। पहिलो हाफमा १-० ले अगाडि रहेको डेनमार्क दोस्रो फाफमा दुई गोल खान पुग्यो।
बेल्जियमका थोर्गन हजार्डले ५४ र केभिन डि ब्रुइनले ७० औं मिनेटमा गोल गरे । हिजोको हारसँगै अङ्कविहीन रहेको डेनमार्कको अघिल्लो चरणमा पुग्ने सम्भावना लगभग सकिएको छ । समूह ुबीु मा बेल्जियमको ६ तथा रुस र फिनल्यान्डको ३-३ अङ्क रहेको छ।





