२०८३ जेष्ठ ३० गते
×

Now Playing

चामल बिक्रीमा अनियमितता गर्नेमाथि छानविन हुने

हुम्ला । सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानविन गरिने भएको छ ।

छुटको चामल बिक्रीमा भएको अनियमितता छानविन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले छानविन टोली आज जिल्ला आउने जानकारी दिए । सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको चामल, पिठो, दाल, नून, चिनी खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने निर्णय गरेको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी जिल्ला शाखाका कर्मचारीले २० प्रतिशत छुटमा बिक्री नगरी पुरानै मूल्यमा बिक्री गरेको समाचार प्रकाशन भएको थियो ।रासस

चामल बिक्रीमा अनियमितता गर्नेमाथि छानविन हुने

माओवादी बैठक : एमसीसीबारे स्पष्ट पार्न प्रचण्डमाथि

चामल बिक्रीमा अनियमितता गर्नेमाथि छानविन हुने

कर्णालीमा एकैदिन ११५ जनामा कोरोना सङ्क्रमण पुष्टि

Leave a comment

Your email address will not be published. Required fields are marked *