१९ घण्टापछि खुल्यो छिन्चु-जाजरकोट सडक

सल्यान । वर्षापछि आएको पहिरोले अवरुद्ध बनेको छिन्चु–जाजरकोट सडक सञ्चालनमा आएको छ। अवरुद्ध भएको झन्डै १९ घण्टापछि सडक सञ्चालनमा आएको हो।

सल्यान र सुर्खेतको सिमानामा रहेका गुर्भाकोट नगरपालिका–३ धारापानी नजिकै मंगलबार पहिरो खस्दा सडक सडक अवरुद्ध भएको थियो। सहायक बाटो खन्ने क्रममा पहिरो आएको थियो ।

पहिरो डोजर लगाएर हटाएपछि सडक सञ्चालनमा आएको गुर्भाकोट नगरपालिकाका सूचना अधिकारी मेघराज सोनीले जानकारी दिए। सडक अवरुद्ध हुँदा एम्बुलेन्स, खाद्यन्न बोकेका गाडी जाममा परेका थिए।

१९ घण्टापछि खुल्यो छिन्चु-जाजरकोट सडक

गंगा नदीको किनारमा भेटिए थप ७१ बेवारिसे

१९ घण्टापछि खुल्यो छिन्चु-जाजरकोट सडक

कोभिड शंकास्पद बिरामीलाई जथाभावी औषधि नदिन आग्रह

Leave a comment

Your email address will not be published. Required fields are marked *