पाकिस्तानमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु, ३० बढी घाइते

पाकिस्तानको बलुचिस्तान प्रान्तमा यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

उनीहरूका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रुबाहक बस दुर्घटना भएको हो। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा लगिएको छ ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ । सिन्ध प्रान्तको लर्काना जिल्लाबाट खुज्दारतर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि स्थानीय प्रहरीले जनाएको छ । यसै साताको शुरुमा पाकिस्तानको सिन्धमा दुई वटा रेल जुधेर दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको थियो भने सयौं व्यक्ति घाइते भएका थिए ।

पाकिस्तानमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु, ३० बढी घाइते

३७ सय ५० संक्रमित थपिए, ६७ जनाको

पाकिस्तानमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु, ३० बढी घाइते

म्यानमारमा थप ६३८ जना प्रदर्शनकारी गिरफ्तार

Leave a comment

Your email address will not be published. Required fields are marked *