कर्णालीमा एमालेद्वारा संसद अवरुद्ध, आधा घण्टाका लागि स्थगित

सुर्खेत । आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको हस्ताक्षर नभएको भन्दै नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।

एमाले संसदीय दलका नेता गुलावजंग शाहले आर्थिक विनियोजन विधेयकमा हस्ताक्षर हुनुपर्ने माग गरेका थिए । ‘विधिवत् रुपमा हस्ताक्षर नभएको यो विधेयक कसले ल्याएको हो ?’ उनले प्रश्न गरे,‘मन्त्रीको हस्ताक्षर नभएको दस्तावेजमा छलफल हुन सक्दैन् ।’

प्रदेशसभाका सभामुख राजबहादुर शाहीले मुल दस्तावेजमा मन्त्रीको हस्ताक्षर भएका कारणले छलफलमा सहभागी बन्न आग्रह गरेका थिए । त्यसलगत्तै दलका नेता यामलाल कँडेलले आफुहरुलाई प्राप्त दस्तावेजमा मन्त्रीको हस्ताक्षर नभएको दाबी गर्दै सच्याउन माग गरेका थिए ।

सभामुख शाहीले त्यसलगत्तै आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

कर्णालीमा एमालेद्वारा संसद अवरुद्ध, आधा घण्टाका लागि स्थगित

कुलोबारे विवाद हुँदा दाङमा गोली चल्यो

कर्णालीमा एमालेद्वारा संसद अवरुद्ध, आधा घण्टाका लागि स्थगित

कर्णालीमा एमालेका मन्त्रीले राजीनामा दिनुपर्छ : प्रमुख

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds