कुलोबारे विवाद हुँदा दाङमा गोली चल्यो

दाङ । दाङमा सिँचाइ कुलोबारे विवाद हुँदा गोली चलेको छ । तुलसीपुर उपमहानगरपालिका-८ अश्वारास्थित गहते खोलामा कुलोको विवाद भएपछि स्थानीय एक युवाले गोली चलाएका हुन् ।

वडा नं ८ चन्द्रगन्ज निवासी २५ वर्षीय पूर्ण बहादुर वलीले गोली चलाएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले बताए । उनका अनुसार वलीले चलाएको गोली कसैलाई पनि लागेको छैन। उनले भने, ’वली भारततिर काम गर्ने र उतैबाट पेस्तोल ल्याएको बुझिएको छ। हामीले उनलाई पक्राउ गरिसकेका छौँ ।’

शुक्रबार दिउँसो सवा १२ बजेतिर पेस्तोल चलाएर मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा प्रहरीले वलीसहित अर्का एक जनालाई पनि पक्राउ गरेको जनाएको छ। उनीसहित भाग्दै गरेको मोटरसाइकल चलाएर भाग्न लागेका तुलसीपुर-८ टिकरीका आकाश चौधरी रहेका डिएसपी सिंहले बताए । प्रहरीले पेस्तोलसहित ६ राउन्ड गोली पनि बरामद गरेको छ।

कुलोबारे विवाद हुँदा दाङमा गोली चल्यो

बेलायतले गरिब राष्ट्रलाई १० करोड डोज खोप

कुलोबारे विवाद हुँदा दाङमा गोली चल्यो

कर्णालीमा एमालेद्वारा संसद अवरुद्ध, आधा घण्टाका लागि

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds