गोली चल्दै थियो, साना बच्चा लिएर रुखको बुटामा लुकेर ज्यान जोगाइयो

वासिंगटन डिसी । जसले वरिपरि अन्धाधुन्ध गोली प्रहार गरे उनीसँग घर जोडिएको थियो। उनले आफ्नै घरमा आगो लगाएका थिए अनि छेउछाउका छिमेकीहरु तिर फर्केर स्वचालित हतियारले पर्रर्रर गोली प्रहार गरेका थिए। त्यो त्रासदि सम्झन पनि ठूलै सहास चाहिन्छ तर आँखा अगाडि नाचेको त्यो क्रुर दृश्य आँखाबाट हट्न पनि मान्दैन।

अस्वेत नागरिक उनी छिमेकमा त्यति घुलमिल पनि हुँदैन थिए। त्यसमा पनि अमेरिकी समाजमा मानिसलाई एकअर्कोसँग बोल्न पनि समय पुग्दैन, सबै आआफ्नै काममा व्यस्त हुने गर्छन्।

देखाभेट भइहाल्यो भने यस्सो दाँत देखाएर हाइ हेल्लो गर्ने हो। यी अस्वेत छिमेकीसँग त्यस्तो अवसर पनि कममात्रै जुर्ने गरेको थियो।

ओछ्यानबाट उठ्न नभ्याउंदैको घटना हो यो। अमेरिकाको मेरिल्याण्ड राज्यको उडल्यान सहरमा पर्वत घर भएर केही वर्षदेखि अमेरिका बस्दै आएका दुर्गा न्यौपानेले घर किनेर बसेको डेढ बर्षजतिमात्र भएको थियो। कम्युनिटीमा बसाइ राम्रै नै थियो तर ती छिमेकी जोसँग दुर्गाको घर जोडिएको थियो उनको केही अस्वाभाविक व्यबहार हो कि भन्ने आभास मिल्थ्यो।

गोली चल्दै थियो, साना बच्चा लिएर रुखको बुटामा लुकेर ज्यान जोगाइयो

नेपालमा सघाउन जापानमा कोभिड–१९ प्रतिकार्य समिति

गोली चल्दै थियो, साना बच्चा लिएर रुखको बुटामा लुकेर ज्यान जोगाइयो

नयाँ सरकार गठन : यी तीन स्वतन्त्र

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds