“अक्सिजनका लागि मेरो हजार” मार्फत १५० सिलिण्डर अक्सिजन रिफिल

जाजरकोट । “अक्सिजनका लागि मेरो हजार” अभियान मार्फत जाजरकोटमा १ सय ५० वटा अक्सिजन सिलिण्डर रिफिल गरिएको छ । विश्व महामारीको रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको र जिल्लामा अक्सिजनको अभाव हुन सक्ने कुरालाई ध्यानमा राखेर अक्सिजन लागि आर्थिक संकलन अभियान सुरु गरिएको थियो ।

पत्रकार भरत शर्मा, सरोज वली तथा विद्यार्थी नेता दिनेश गौतम लगाएतको नेतृत्वमा संचालित अभियानमा संकलन भएको रकमले जिल्ला अस्पतालमा रहेका १ सय ५० वटा अक्सिजन सिलिण्डर रिफिल गरिदिएको अभियानको नेतृत्वकर्ता पत्रकार शर्माले जानकारी दिए ।

युवा पत्रकार संगै जाजरकोट जुनिचाँदे घर भई हाल जापानमा अध्ययनरत खिमराज शाहको सक्रियतामा जम्मा २ लाख १८ हजार ४३ रुपैयाँ संकलन भएको हो । पत्रकार शर्मा र सरोज वलीको संयुक्त दस्तखतबाट ज्योती विकास बैंक, जाजरकोट शाखामा खोलिएको खातामा जम्मा भएको उक्त रकम मध्य १ सय ५० वटा अक्सिजन सिलिण्डर रिफिल गर्न ९० हजार स्वास्थ्य सेवा कार्यालयको खातामा जम्मा गरिएको र बाँकी १ लाख २८ हजार रकमको स्वास्थ्य सामाग्री खरिद गरी हस्तान्तरण गरिएको शर्माले जानकारी दिए ।

कोरोना महामारीबाट बच्न आवश्यक मास्क, पिपिइ सेट, सेनिटाइजर, अक्सिमिटर लगाएतका सामाग्री खरिद गरी जिल्लाको भेरी नगरपालिका र जुनिचाँदे गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । जुनिचाँदे गाउँपालिकामा अभियान्ता खिमराज शाहको समन्वयमा स्वास्थ्य सामग्री वितरण गरिएको छ भने भेरी नगरपालिकामा पत्रकार वली र विद्यार्थी नेता गौतमले समान हस्तान्तरण गरेका छन ।

सुरुमा अक्सिजन सिलिण्डर खरिद गर्ने सोच राखेर अभियान संचालन गरेको भएपनि बजारमा सिलिण्डरको अभाव तथा अपेक्षा अनुसार आर्थिक संकलन नभएकोले रिफिल गर्ने योजना बनाएको उनको भनाई छ । जिल्लामा रहेका संगै कामको सिलसिलामा जिल्ला तथा देश बाहिर रहेका जाजरकोटीहरुले सहयोग रकम जम्मा गरेको शर्माले बताए ।

अभियान्ताहरु यस अघि पनि जिल्लाको सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहँदै आएका छन । मानव जीवन रक्षाका लागि थालिएको उक्त अभियानमा जोडिने सबैलाई पत्रकार वलीले धन्यवाद दिएका छन । “विभिन्न समस्याहरु झेल्दै समाजिक कार्यमा सहभागि भई जिल्ला प्रति माया व्यक्ति गर्ने सबै सहयोगी मनहरुलाई धन्यवाद छ” पत्रकार वलीको भनाई छ ।

“अक्सिजनका लागि मेरो हजार” मार्फत १५० सिलिण्डर अक्सिजन रिफिल

मुम्बईमा आवासीय भवन भत्कियो, ११ जनाको मृत्यु

“अक्सिजनका लागि मेरो हजार” मार्फत १५० सिलिण्डर अक्सिजन रिफिल

युरोकप : इटालीको रोममा भोलिदेखि शुरु हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *