कर्णालीका मुख्यमन्त्री शाहीलाई प्रदेश प्रमुख कलौनीको सुझाव : स्वास्थ्य मापदण्ड अपनाएर काम गर्नुहोस

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई स्वास्थ्यका मापदण्डको पालना गरि महाकमारीमा काम गर्न सुझाव दिएका छन् ।

दोश्रो लहरको कोरोना सुरु भए सँगै मुख्यमन्त्री शाही कर्णाली प्रदेशका विभिन्न अस्पतालहरुको उपचार कक्षकै पुगेर बिरामीको मनोवल उच्च बनाउनको लागि उनिहरुको समस्या बुझ्दै र हसौला दिदैँ आएका छन् ।

सोमबार कोरोना विरुद्धको दोश्रो खोप लगाउन प्रदेश अस्पताल कालागाउँ पुगेका मुख्यमन्त्री शाही र प्रदेश प्रमुख कलौनी बिच भेटवार्ता भएको थियो । त्यही समय पारी प्रदेश प्रमुख कलौनीले मुख्य मन्त्री शाहीलाइ भने ‘तपाई पछिल्लो समयमा कोरोना रोकथामको लागि जनताको समस्या बुझ्न धेरै बाहिर जानु भएको छ कोरोना संक्रमित बिरामीहरुलाई नजिकबाट हेर्नु भएको छ आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला, ‘तपाइ बाचे पो अरु बाच्ने हुन् ।’

मुख्यमन्त्री शाहीले पछिल्लो समय जनताको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नको लागि आफुले प्रदेशका केहि अस्पतालहरुमा जानु पर्ने बाध्यता रहेको बताए । यस्तो महामारीको समयमा प्रदेश सरकारले जनताको समस्या बुझ्नु कर्तव्य भएको भन्दै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई सुझाव दिएकोमा धन्यवाद समेत दिए ।

सत्ता साझेदार दल नेपाली काँग्रस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले प्रदेश अस्पतालको अक्सिजनको अवस्थाको बारेमा पनि चासो राखेका थिए । पछिल्लो समय कर्णाली प्रदेश अस्पतालमा नै अक्सिजन प्लान्ट उत्पादन हुदाँ कोरोना संक्रमित बिरामीहरुको लागि केहि राहत मिलेको छ ।

कर्णालीका मुख्यमन्त्री शाहीलाई प्रदेश प्रमुख कलौनीको सुझाव : स्वास्थ्य मापदण्ड अपनाएर काम गर्नुहोस

काँग्रेस द्धारा सरकारसँग अक्सिजन र खोपको पर्याप्त

कर्णालीका मुख्यमन्त्री शाहीलाई प्रदेश प्रमुख कलौनीको सुझाव : स्वास्थ्य मापदण्ड अपनाएर काम गर्नुहोस

प्रधानमन्त्री ओली पदमुक्त, ढल्यो कम्युनिष्ट सरकार

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds