सल्यानमा दाइले गरे १३ वर्षिया भाइको हत्या

दुर्गा विसि

सल्यान । सल्यान पश्चिममा आफ्नै दाइले भाइको हत्या गरेका छन् । अवस्था गम्भीर भए पछि उपचारका लागि नेपालगञ्ज लगिएको थियोे । घरयासि झगडा हुदा नगरको वडा, ५ खैरागारमा १४ वर्षिया कपिल परियारले १३ वर्षिया संन्दिप परियारको उपचारका क्रममै शिक्षण अस्पताल नेपालगञ्ज मृत्यु भएको जनाएको छ ।

समान्य घरमै झगडा हुदा दाइ कपिलले झिरले कन्चटमा हान्दा भाइ संन्दिपको अवस्था गम्भीर भए पछि नेपालगञ्ज लगिएको थियोे । झिरले कन्चठमा निकै गहिरो गरि हानेका थिए ।झगडा गर्ने एउटै घरका दुईभाइ छोराहरु रहेका छन् । मृतक सन्दिप र झिर प्रहार गर्ने कपिल भैरबी आधारभुत विद्यालयमा कक्षा ६ मा अध्यानरत रहेका थिए ।

मृत्युक संन्दिप नरेशका छोरा हुन भने कपिल रिमवहादुर परियारका छोरा हुन ।घरकै दुईभाइका छोरा घरमै आपसि झगडा हुदा संन्दिपको अकालमै ज्यान गएको छ । घटनाको विषयलाई ईलाका प्रहरीले कार्यालय सल्लिवजारले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया