‘राजनीतिबाटै समाज रुपान्तरण सम्भव छ’

जब समाजले रुपान्तरणका लागि नेतृत्व खोजिरहेको हुन्छ । त्यस्तो बेलामा सबैको निम्ति काम गर्ने व्यक्तिको खाँचो पर्दछ । रुपान्तरणको बेला समस्यासँग डटेर काम गर्ने व्यक्ति चाहिन्छ । त्यस्तै समाज रुपान्तरणको लागि नेतृत्वदायी भुमिका निर्वाह गर्नेक्रममा विभिन्न आन्दोलनमा सहभागी भई जेल जीवनसम्म विताएका व्यक्ति हुन् नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी । उनले विभिन्न संघर्ष गर्दै यहाँसम्म आइपुगेका हुन् । हाम्रा सहकर्मी टेकराज केसीले आजको जम्काभेटमा उनै रेग्मीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

कमलराज रेग्मी
सभापति, नेपाली काँग्रेस, सुर्खेत

सानैदेखी नेतृत्वदायी भुमिका

बुवा कृष्णप्रसाद रेग्मी र आमा कौशिलादेवी रेग्मीको कोखबाट विस २०२४ चैत १० गते कमलराज रेग्मीको जन्म भएको हो । उनी सुर्खेतको लेकवेशी नगरपालिकाको वडा नम्बर ४ मा जन्मिए । कक्षा ४ सम्म दशरथपुरको जीवनज्योती माविमा पढेका उनले ५ कक्षादेखि भने वीरेन्द्रनगरको जन माविमा पढे ।

२०४३ सालमा त्यही माविबाट एसएलसी पास गरेका उनले स्नातक वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरे । उनी सानैदेखि मेहनती र नेतृत्वदायी भुमीकामा रहन्थे । गाउँमा हुने बिवाह, पुजामा उनी सबैभन्दा अगाडी लाग्थे । गाउँमा हुने अन्य समस्या समाधानमा पनि रेग्मी अगाडी सर्थे । उनले सामाज परिवर्तनको लागि केही गर्नुपर्छ भन्ने उनले सोच्थे ।

विद्यार्थीका लागि आवाज उठाउँथे

विद्यालयमा पढ्दै गर्दा पनि उनी सधै नेतृत्वदायी भुमीकामा रहन्थे । उनी कक्षाको मोनिटरदेखि रेडक्रसहरुको कार्यक्रममा सहभागी हुनेदेखि जनमाविमा रेडक्रसको एकपटक सदस्य र एकपटक सचिवमा निर्वाचन लडेरै नेतृत्व गर्थे । विद्यार्थीहरुको हकहितको लागि विभिन्न निकायसम्म आवाज उठाउने जस्ता कामहरु उनले गर्थे ।

आठ बर्ष जागिरे जीवन

रेग्मी मध्यम खालको कृषकको परिवारमा जन्मिए । उनले पढाइमा पनि निरन्तरता दिन्थे । उनको पढाइमा लगावकै कारण उनले जागिरका अवसरहरु पनि पाए । २०४३ सालमा एसएलसी पास गरिसकेपछि उनले जागिरे जीवन शुरुवात गरे ।

उनले जनस्वास्थ्य, परिवार नियोजन संघ, खानेपानी कार्यालयमा जागिरी गर्दै उनले २०४५ सालमा उनी स्थायी शिक्षक हुन पुगे । उनले अहिलेको बराहाताल गाउँपालिकाको रक्सेनीमा स्थायी शिक्षकको नियुक्ति लिए । केही समय उनले त्यहाँ पढाए । २०४६ सालमा नेपालमा बहुदलीय व्यवस्था शुरु भएपछि उनलाई सक्रिय राजनीति गर्ने इच्छा लागेपछि उनले शिक्षक पदबाट राजिनामा दिए । जागिरे जीवन विताएका उनले शिक्षक छाडेर समाजसेवाको बाटो रोजे ।

राजनीतिमा विभिन्न उतारचढाव

रेग्मीले जागिरे जीवनपछि सक्रिय राजनीति शुरु गरेका हुन् । तर उनले सानैदेखि राजनीतिमा चासो राख्थे । २०३६ सालमा नेपालमा विद्यार्थी आन्दोलन चलेको थियो । त्यसताका उनी ६ कक्षामा पढ्थे । त्यो आन्दोलनमा ¥याली निकालिएको बेला सहभागी भएका थिए । जागिरको शिलशिलामा पनि उनी बहुदलको पक्षमा आवाज उठाउने, लुकीलुकी कार्यक्रममा जाने, भाषण गर्ने काम उनले गर्थे ।

४३ सालमा उनले काफलकोटको हेल्थपोष्टमा जागिरी खान्थे । त्यहाँ बहुदलको पक्षमा उम्मेदवारी दिने व्यक्तिहरु डराएको बेला उनले आफुले सहयोग गर्ने भन्दै पहिलो भाषण दिएका थिए । २०४६ सालमा सुर्खेतमा विद्यार्थी आन्दोलन भएन भनेर देशभर लज्जाको विषय बनाइयो ।

त्यसपछि बहुदलिय व्यवस्थाको पक्षमा लाग्नुपर्छ भनेर उनले अन्य विद्यार्थीको साथमा आन्दोलनमा नेतृत्वदायी भुमिका खेले । समाजमा बोल्न, संगठित हुन नपाइने कुराको विरुद्धमा लाग्नुपर्छ भनेर उनी विद्यार्थीकै पालादेखि वकालत गर्थे । बहुदल आइसकेपछि उनी २०४७ सालमा नेपाल विद्यार्थी संघको तदर्थ समिति सदस्य बने ।

त्यसपछि २०४८ मा संघकै जिल्ला सचिव, ४८ मै शिक्षा क्याम्पस, बहुमुखी क्याम्पस र चिकित्साशास्त्र तीनवटा क्याम्पसको समन्वय समितिको अध्यक्ष भए । २०४८ मै उनी काँग्रेसको क्रियाशिल सदस्य हुँदै नेविसंघको दुइ पटक जिल्ला अध्यक्ष भए । त्यसपछि नेपाली काँग्रेसको वीरेन्द्रनगर १० वडा सभापति भए ।

२०५३ सालमा पार्टीको क्षेत्रिय सदस्य हुँदै नेविसंघको दुई पटक केन्द्रीय सदस्यसम्म पुगेका उनी पार्टीको क्षेत्रीय सचिव भए । २०५७ देखि तीन पटकसम्म क्षेत्रिय सभापति भएका उनले पार्टीका विभिन्न पदमा रहेर काम गर्दै आए । हाल नेपाली काँग्रेस सुर्खेत सभापतिमा रेग्मी कायम छन् । उनी २०६२÷६३ को आन्दोलका क्रममा दुई पटकसम्म जेल परे ।

परिवारको साथ

कमलराज रेग्मी घरको माइलो छोरा हुन् । उनका पाँच भाइबहिनी हुन् । उनका बुवा आमाले धेरै दुख गरेर उनलाई पढाएका हुन् । उनलाई यहाँसम्म आउन उनका बुवा आमाले धेरै सहयोग गरे । उनकी धर्मपत्नीको झनै धेरै सहयोग र साथ रहेको उनी बताउँछन् ।

जीवनमा संघर्ष

उनले जीवनमा धेरै संघर्ष गर्नुपर्यो । उनी घरको काम गर्दै पढेका हुन् । घरको कामसँगै पढाइ खर्च जुटाउन बुवालाई समस्या थियो । उनले जीवनमा धेरै संघर्ष गर्दै पढे । उनले घरपरिवारको कामसँगै समाजको काम गर्दै जानुपर्ने । पढाइ र आर्थिक जोहो गर्नुपर्ने उनको जिम्मेवारी थियो ।

उनका संघर्षका कथा धेरै छन् । जीवनलाई संघर्षमय बनाउन सके मात्र सफल हुन सकिने उनको भनाइ छ । संघर्षले नै मानिसलाई सफलतामा लैजानेमा उनको विश्वास छ । अरुलाई पनि संघर्ष गर्न सुझाव दिन्छन् । उनले जीवनमा फजुल सयम खेर फाल्ने काम गर्न नहुने सुझाव दिन्छन् ।

भावी योजना

करिव तीन दशकदेखि राजनीतिमा क्षेत्रमा रहेका उनी राजनीतिबाटै समाज रुपान्तरण गर्न चाहन्छन् । समाजमा रहेको विभिन्न समस्यालाई नीतिगत रुपमै समाधान गर्न चाहन्छन् । अहिलेको नेतृत्वले गरेका काम भने उनलाई चित्त बुझेको छैन । त्यसैले समाज रुपान्तरणकै लागि अन्तिमसम्म काम गर्ने बताउछन् ।

तपाईको प्रतिक्रिया