५१ जिल्लामा लाग्यो निषेधाज्ञा (सूचीसहित)

सुर्खेत ।  कोरोना भाइरसको दोस्रो लहर फैलिँदै जाँदा गृह मन्त्रालयले ७७ जिल्लामध्ये ५१ जिल्लामा निषेधाज्ञा लागू भएकाे जनाएकाे छ।

मन्त्रालयले मंगलबार साँझ ८ बजे जारी गरेको सूचनामा हालसम्म ५१ जिल्लाले निषेध आदेश जारी गरेकाे जनाएकाे छ। तीमध्ये ३७ जिल्लामा पूर्ण र १४ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी निषेधाज्ञा लगाइएको जनाएको छ।

गृह प्रवक्ता जनकराज दाहालका अनुसार काठमाडौँ उपत्यका तथा तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय जना सङ्क्रमित भेटिएमा निषेधाज्ञा जारी गर्ने कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णय नै हो। हाल देशका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् भने १४ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएकाे छ ।

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्मका लागि थप गरिएको छ। यसअघि जारी भएर सवारी पास पनि खारेज गरी निषेधाज्ञा कडा पारिएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमण महामारी रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि यही वैशाख १६ गते राति १२ बजेदेखि २२ गते राति १२ बजेसम्म हप्ता दिनका लागि निषेधाज्ञा जारी गरेको थियो ।

हेर्नुहोस् कुन जिल्लामा कहिलेसम्म

५१ जिल्लामा लाग्यो निषेधाज्ञा (सूचीसहित)

कोरोना संकटसँग जुध्‍न गगन थापाले सरकारलाई दिए

५१ जिल्लामा लाग्यो निषेधाज्ञा (सूचीसहित)

दैलेखमा निषेधाज्ञाको पहिलो दिन : सडक सुनसान

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds