कोरोना संकटसँग जुध्‍न गगन थापाले सरकारलाई दिए सुझाव

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारीमा खट्ने स्वास्थ्य जनशक्ति अभाव देखिएको भन्दै सुरक्षा र प्रोत्साहनको प्याकेज बनाउन सरकारलाई आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शैय्या मात्रै भन्दा पनि जनशक्ति सबैभन्दा महत्वपूर्ण पक्ष रहेको पनि बताएका छन्।

धेरै अस्पतालमा उपकरण र पूर्वाधार भएर पनि जनशक्तिको अभावमा सेवा प्रवाह हुन नसकेको भन्दै नेता थापाले यो राष्ट्रिय विपदमा जोखिम मोलेरै पनि काम गर्न स्वास्थ्यकर्मी तयार रहेको र उनीहरूलाई प्रोत्साहनको प्याकेज बनाउनुपर्ने उल्लेख गरेका छन्।

‘अत्यन्त अफ्ठ्यारोमा पनि दिनरात नभनी स्वास्थ्यकर्मीहरू २४ सै घण्टा खटिरहेका छन्। अहिले अग्रभागमा लडिरहेका जनशक्तिलाई सुरक्षा र प्रोत्साहन सुविधा उपलव्ध गराउने कुरामा कुनै कन्जुस्याइँ नगरौं। निजी स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई पनि व्यवस्थापन र सरकारबाट थप सुविधा र सुरक्षा पाउने कुराको सुनिश्चितता गरौं’, उनले भनेका छन्।

तपाईको प्रतिक्रिया