झाँक्रीको टिप्पणी : ‘हामी पनि डुब्छाैँ, तिमीलाई पनि डुबाउँछाैँ’

काठमाडौं : नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै अहंकार र दमभ त्यागेर सत्यानाश हुनबाट जोगिन आग्रह गरेकी छन्।

उनले ट्वीटरमा लेखेकी छन्, ‘हामी त डुब्छौँ नै। हामी सत्यनाश हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदि तिम्रो सत्यनाश हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज।

विचार गर, दम्भ, अहंकार र जिद्दी छोड। हिन्दीमा एउटा कहावत छ हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’

नेतृ झाँक्रीले ओलीप्रति संकेत गर्दै सत्यनाश हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज्न आग्रह गरेकी छन्। उनले विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड्न समेत आग्रह गरेकी छन्।

प्रधानमन्त्री ओलीले २७ गते विश्वासको मत लिने तयारी गर्दैगर्दा असफल पार्नका लागि माधव नेपाल पक्षका सांसदहरूले सामुहिक राजीनामाको तयारी गरेका छन्।

झाँक्रीको टिप्पणी : ‘हामी पनि डुब्छाैँ, तिमीलाई पनि डुबाउँछाैँ’

कुशल आइसिसिको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा

झाँक्रीको टिप्पणी : ‘हामी पनि डुब्छाैँ, तिमीलाई पनि डुबाउँछाैँ’

कोरोना संकटसँग जुध्‍न गगन थापाले सरकारलाई दिए

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds