कुशल आइसिसिको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा

काठमाडौं : नेपाली क्रिकेट टिमका युवा ब्याट्सम्यान कुशल भुर्तेत आइसिसी ‘प्लेयर अफ द मन्थ’ को मनोनयनमा परेका छन् ।

२४ वर्षीय कुशल अप्रिल महिनाको ‘प्लेयर अफ द मन्थ’ अवार्डका लागि मनोनयनमा परेका हुन्। कुशलसहित पाकिस्तानका कप्तान बाबर अजाम र पाकिस्तानकै फखर जमान यो मनोनयनमा परेका छन्।

हालै सम्पन्न मलेसिया र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक टी–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि भुर्तेल आइसिसी ‘मेन्स प्लयेर अफ द मन्थ’ को मनोनयनमा परेका हुन् । उनको यो डेब्यू सिरिज हो।

सिरिजमा २४ वर्षीय युवा ब्याट्सम्यान कुशलले उत्कृष्ट प्रदर्शन गरे। उनले विभिन्न कीर्तिमान आफ्नो नाममा लेखाउन सफल पनि भए। उनले सिरिजमा चार अर्धशतक बनाए ।

उनी विश्वकै पहिलो क्रिकेटर हुन्। जसले डेब्युपछि उनले लगातार तीन अर्धशतक बनाए। उनले डेब्यु सिरिजमै सर्वाधिक रन बनाए। उनले पाँच म्याचमा २ सय ७८ रन बनाए ।

तपाईको प्रतिक्रिया