संघर्ष नै सफलता हो

हरेक व्यक्तिका आ–आफ्नै लक्ष्य र उद्देश्यहरु हुन्छन् । कतिपय देखेर र कतिपय सुनेर जीवनका लक्ष्यहरु तयार पारिन्छन् । तर अन्यौलता र अबरोधलाई पन्छाउदै अघि बढ्न सकेमात्रै लक्ष्यमा पुग्न सकिन्छ । वीरेन्द्रनगर–१४, गढीलामा जन्मिएका घनश्याम भण्डारी पनि त्यस्तै व्यक्ति हुन् । जसले जीवनका लक्ष्यहरु पुरा गर्न अनेक बाधा र व्यवधानहरु झेले । जीवनका केही लक्ष्यहरु पुरा भए केही अधुरा । तर बाधा र व्यवधानदेखि कहिलै हार खाएनन् । उनले सानैमा प्राविधिक शिक्षा पढ्ने लक्ष्य राखेका थिए । तर आर्थिक अवस्था कमजोर भएका कारण त्यो उद्देश्य पुरा भएन । समयसँगै उनी नेपाली सेनामा जोडिए । अवकाशपछि स्वदेशमै अवसरहरु खोजे । प्रस्तुत छ, आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले उनै भण्डारीसँग गरेको कुराकानीको सम्पादित अंशः

घनश्याम भण्डारी
फेन्सी व्यवसायी

 

सानैदेखि मेहनती

घनश्याम बुवा पूर्णप्रसाद र आमा देविकला भण्डारीका काइँलो छोरा हुन् । २०३९ साल बैशाख २७ गते सुर्खेत जिल्लाको साविकको गडी गाविस (हाल वीरेन्द्रनगर १४ मा उनको जन्म भएको हो ।

बाल्यकालमा सुखदुख बराबर थियो । बुवा खेतीपाति गर्ने । कृषको जीवन सुखमय थिएन । जसका कारण उनले छोराहरुलाई खेतिपाती गर्न नपरोस् भन्ने सोच्थे । बरु पढेर छोराहरुलाई रोजगारीमा लगाउन चाहन्थे ।

पढाइमा अब्बल

घनश्याम पढाइमा धेरै अब्बल थिए । कक्षा ५ सम्म गंगा प्रावि गडीमा पढे । त्यतीबेला ५ कक्षामा जिल्लास्तरिय परीक्षा हुन्थ्यो । जिल्लास्तरिय परीक्षामा उनी जिल्ला प्रथम भए ।

उनले दाईभाई र बहिनी पढाईमा बढाइमा सघाए । कक्षा ६ देखि एसएलसीसम्मको पढाई जनमावी वीरेन्द्रनगरबाट पुरा गरे । २०५४ सालमा एसएलसी गरेको उनले माओवादी द्वन्द्वका कारण पढ्न पाएनन ।

संघर्षपूर्ण जीवन

घनश्यामले जीवनमा धेरै संघर्ष गर्नुप¥यो । संयुक्त परिवार । बुवाआमा कृषि पेशा । कृषि पेशाबाट परिवारका आवश्यकताहरु टार्नुपर्ने सहज थिएन । बुवाआमालाई परिवारका आवश्यकता पुरा गर्न हम्मेहम्मे थियो ।

आर्थिक अवस्था कमजोर हुँदै गयो । तर घनश्याम पढेर शिक्षक बन्न चाहन्थे । उनको बुवाआमाको इच्छा पनि त्यही थियो । उनले एसएलसी पासपछि सिद्ध मावी गोठीकाँडामा तीन महिना पढाए । तर परिस्थितिले उनलाई नेपाली सेनामा जागिरी खानुपर्ने अवस्था आयो । द्वन्द्वका कारण पढ्न पाएनन । घरपरिवार नै विस्तावित भएर सुर्खेतमा बसाइसराई सरे ।

घनश्यामका दुइ जना दाईहरु सेनामा भर्ती भइसकेका थिए । शिक्षक बन्ने लक्ष्यमा रहेका उनले २०५९ सालदेखि नेपाली सेनाको जागिरी गर्न थाले । जागिरपछि आर्थिक अवस्थामा केही सुधार आयो । अवकाशपछि स्वदेशमै व्यवसाय गर्ने सोच बनाए । अहिले उनि सुर्खेत न्युरोडमा कपडा पसल गरिरहेका छन् ।उनि भन्छन्, ‘जिवन भनेको संघर्षको रहेछ, संघर्षपछि सफलता प्राप्त गर्न सकिंदो रहेछ ।’

बाल्यकाल

घनश्यामको बाल्यकाल सुख दुख दुबैले बित्यो । उनी पढाइमा निकै तगडा थिए । घरको काम गर्दै पढाइलाई पनि उनले निरन्तरता दिइरहेका थिए । उनि बाल्यकालमा घाँस काटने, गोठाला जाँदै पढ्दै गरेका हुन् ।

पढाईमा राम्रो देखेर उनलाई गाउँका मानिसहरुले धेरै मन पराउथे । भने साथीभाईहरुले उनिबाट सिकाइ माग्थे । शिक्षकहरुले पनि उनलाई धेरै मायाँ गर्थे । उनको स्वभाव भे चन्चले थियो । जस्तो बानी गरेको साथी छ त्यस्तै कुरा गर्न उनि माहिर पनि थिए । घनश्यामका ६ भाइ र एक बहिनी छन् ।

बाल्यकालमा घरमा एउटा रमाइलो क्षण सम्झदै उनि भन्छन, ‘सानो हुँदा जेठो दाइ र साइलो दाईको एउटा गुठ बन्यो, अनि माइलो दाइ र घनश्यामको एउटा गुठ थियो । दुबै गुठ सबै कुरामा प्रतिस्पर्धा गथर््यौ, घाँस कसले बढी काट्छ, पढाइमा कसले जित्छ भनेर तर हाम्रो गुठले जित्थ्यो ।’

केटाकेटीमा कहिले नराम्रो काम भयो भने घनश्यामको बुवाले कुट्नुहुन्थ्यो । तर उनको आमाले भने गल्ती लुकाउनुहुन्थ्यो । यसरी घनश्यामको बाल्यकाल सामान्यरुपमै बित्यो ।

परिवारको साथ

घनश्यामलाई घर परिवारबाट पूर्ण साथ सहयोग थियो । उनको बुवाले आफुले जती नै दुख गरेपनि छोराछोरीलाई पढाउनुपर्छ भनेर भन्ने गर्थे । घनश्याम र उनका दाइभाइको पढाइ सुधारकै लागि उनको बुवाले दैलेख गोगनपानीमा पढाउने एकजना शिक्षकलाई १४ बर्ष आफ्नै घरमा राखेका थिए । ज

सले गर्दा उनिहरुको पढाईमा सुधार होस भनेर । घनश्यामको घरमा बस्ने शिक्षकको पेशा देखेर घनश्यामलाई शिक्षक बन्ने मन पनि थियो । तर द्वन्दका कारण उनी नेपाली सेना भए ।

भावी योजना

उनि नेपाली सेनामा २० बर्ष काम गरेर रिटार्ट भएर आए । अहिले न्युरोडमा व्यापार गर्छन् । अबको भावी योजना भनेको स्वदेशमै बसेर व्यवसाय गर्नुपर्छ भनेर युवाहरुलाई व्यवसायिक अभियान चलाउने योजना उनको छ ।

 

तपाईको प्रतिक्रिया