वीरेन्द्रनगर जेसीजद्धारा युवालाई लोम अफिसर तालिम प्रदान

सुर्खेत, ८ फागुन ।
जेसीज यूवाहरुलाई एकदिने लोम अफिसर तालिम प्रदान गरिएको छ । वीरेन्द्रनगर जेसीज र वीरेन्द्रनगर जुनियर जेसीजको संयूक्त आयोजनामा शनिबार उक्त तालिम प्रदान गरिएको हो । तालिम्मा १८ देखि ४० वर्ष उमेर समुहका यूवाहरु आवद्ध रहेको विश्वव्यापी संस्था जेसीजबारे शाखाका सदस्यहरुलाई विस्तृत जानकारी दिइएको वीरेन्द्रनगर जेसीजका अध्यक्ष कमल लामिछानेले जानकारी दिए ।

जेसीजका पुर्व अध्यक्ष एवंम् तालिमका प्रमुख प्रशिक्षक पुर्ण नेपालीले एक व्यक्ति, एक पद र एक कार्यकालको नीति अवलम्बन गरेको जेसीजले यूवाहरुलाई व्यक्तित्व र नेतृत्व विकासमा कसरी सघाउँछ भन्ने बारे प्रशिक्षण दिएका थिए । ‘जेसीजले यूवाहरुलाई व्यक्तित्व र नेतृत्व मात्रै प्रद्धान गर्दैन,’ उनले भने, ‘विधिको शासन, कुशल नेतृत्व, असल वानी, व्यवसायीक र सामाजिक जिवनबारे पनि सिकाउँछ । हामीले आज यूवाहरुलाई सही विषय बस्तुलाई समेटेर नै प्रशिक्षण दिएका छौं ।’ जेसीजले यूवाहरुलाई समाजप्रति उत्तरदायी र जिम्मेवार बनाएको वीरेन्द्रनगरका पुर्वध्यक्ष नन्दबहादु विसीले दावी गरे ।

तालिमको उदघाट्न सत्रलाई सम्बोदन गर्दै उनले भने, ‘आज समाजमा रहेका यूवाको ठुलो हिस्सा कुलत र नकारात्मक गतिविधिमा फसेको छ । तर, जेसीज यूवाहरु भने सामाजिक, पारिवारिक उत्तरदायीत्व वहन गर्दै सामाजमा अग्रणी भूमिका खेल्दै आएका छन् ।’ उनले थपे, ‘यूवा आफनै जिम्मेवार व्यक्ति हो । यो देशको भविश्य हो, यूूवा जस्तो बन्छ यो देश त्यस्तै बन्छ ।

बाँचुन्जेल अफना लागी मात्र हैन् अर्काको लागी पनि केही गर्नुस् ।’ कार्यक्रम्मा वीरेन्द्रनगर जेसीजका पूर्वध्यक्ष शिवराज घिमिरे, जुनियर जेसीज वर्ष २०२१ का अध्यक्ष जनक बुढा, जुनियर जेसीजका पूर्वध्यक्ष राजकुमार सिजापती, दुर्गाप्रसाद शर्मा लगाएकाते सहभागीता रहेको थियो । वीरेन्द्रनगर जेसीज वर्ष २०२१ का तालिम संयोजक यज्ञ खत्रीकको संयोजकत्वमा तालिम सम्पन्न भएको छ । तालिममा ५० जना यूवाहरुको सहभागीता रहेको संयोजक खत्रीले बताए ।

तपाईको प्रतिक्रिया