‘श्री ५ को सरकार’ भनेछि

त्यसै त एमाले (ओली) पार्टीको आमसभा साथीभाईहरले स्कुल कम्पाउण्डभित्र गरे । ‘देखाउने खालको भीड जम्मा गर्न सक्ने हुति भएपो खुला ठाँ गर्थे । नगरी नहुने भएर मात्रै आमसभा ग¥या हुन’ भनेर कुरा काटिरा बेलाँ भै नभै भेला बोल्न आउने मन्त्रीले ‘श्री ५ को सरकार’ भनेछि ऐले वीरेन्द्रनगराँ खानेपानी मन्त्री मणिचन्द ्रथापा भाइरल भैरा सुनियो । श्री ५को सरकार भनेछि विचरा कार्यक्रम संचालक नै आत्तियर सम्झाएछि त्यसपछि बल्ल सुधार ग¥या कुरो गर्दै छन् क्यारे साथीभाईहरु । आँफू त आमसभा सुन्न नि गइएन । अर्काले भन्या सुन्या हो !
भन्न त सुर्खेत जिल्ला ‘ओली किल्ला’ भन्ने ग¥या सुनिन्थ्यो । तर ९ गत्या माधवको आमसभा हेर्दा त ओली किल्ला हैनकी माकुने किल्ला रैछ भन्नपर्ने पो भो त १७ गत्या ओलिबा ऽऽ आमसभा हेर्दा । के गर्ने आफ्नो बहुमत छँदाछँदै सुर्खेतका एमाल्या नेताले कर्नाली प्रदेशको सरकार नबनाएर माधव प्रचण्डलाई बनाउन दिएका थिए क्यारे । त्यसकै परिणाम एैले देख्खिया छ । ओलीको पार्टीले कर्नाली सरकार हाँक्याभा ऐले पार्टी संगठन बलियो हुने कुरो मात्रै हैनकी कर्नालीको विकास पनि त यस्सो हेर्ने खालको हुँदो हो । सरकार जति माओवादीलाई बुझाए । ऐले त्यै माओवादीले जनतालाई मात्रै हैन, नेतालाईसमेत दनका दिएको छ ।
विकासको नाममा ८ प्रतिशत मात्रै रकम खर्च गरेर बस्ने कर्नालीको सरकारले ह्याँका जनतालाई चरनाम नाङ्गो बनाएर कालापहाडतिर लखेटन मात्र बाँकी छ । अरु सबै खेलखण्ड कर्नालीको सरकारले गरी सक्या छ । संघीय राजधानीयाँ बस्ने मान्छेलाई कर्नालीको मुख्यमन्त्री बनाएछि के के नै ब्रहमलुट गर्छम् भन्ने सोच राख्ने कमिनिष्टहरले स्वाद त मज्जकै भेट्याछन् । तर साहै्रलाजै हुनेगरी सरकारी पाइला जसरी अघि बढ्याछन् । त्यल्लाई हेर्दा अब पनि कर्नालीका कमिनिष्टले हिजोको जस्तै प्रचण्ड बहुमत ल्याएर फेरि पनि अर्को ताण्डव मच्चाउँछम् भनेर कल्पना गर्नुचाँही ब्यर्थ हो । कि कसो कमरेडहरु ।                                –वेदषि

तपाईको प्रतिक्रिया