सेवाग्राही भगवान जस्तै लाग्छ

जिन्दगी हिमाल आरोहणको यात्रा जस्तै हो । जति उकालो चढ्यो त्यतिकै आन्ददायी हुन्छ । तर जसरी हिमाल चढ्न गाह्रो छ । त्यस्तै छ जीन्दगीको यात्रा पनि । हिमाल चढ्न जति साहस र आँट चाहिन्छ त्यस्तै संघर्ष गर्नुपर्छ जीन्दगी चलाउनु पनि । इच्छा शक्ति, मेहनत र संघर्ष गर्न सके जीन्दगी एउटा सुनौलो यात्रामा परिणत गर्न सकिन्छ । ठिक यस्तै भोगाइ छ टेकबहादुर खत्रीको पनि । सानै उमेरमा बुवा गुमाउँदाको पीडाबाट माथि उठ्न नसकेका भए सायद, नेपाल सरकारको उपसचिव पदमा पुग्थेनन् होला । ‘जीवन एउटा संघर्षको मैदान हो’ यो ज्ञान खत्रीले बालापानमै सिके । त्यही अनुसार जीवनमा संघर्षहरु गरे । हारेनन् जस्तो सुकै कठिन मोडमा पनि । रत अहिले हिमालको चुचुरोमा पुगेको यात्री जस्तै आनन्ददायी महसुर गर्न पाएका छन् । मुखिया पदबाट निजामति सेवामा प्रवेश गरेका खत्री हाल सुर्खेतको गुर्भाकोट नगरपालिका प्रमुख प्रशासकीय पदमा कार्यरत छन् । प्रस्तुत छ, उनै खत्रीको जीवन भोगाई र निजामति क्षेत्रको अुनभवमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश ।

लगनशिलता नै सफलताका आधार
वीरेन्द्रननगर–१५ को सल्लेरीमा २०२१ बैशाख १० गते जन्मिएका खत्री सानैमा लगनशील थिए । बुवा कलु र आमा सुशिला खत्रीका छटौँ सन्तान उनी सानैदेखि इमान्दार व्ययक्तिका रुपमा चिनिन्थे । यही इमान्दारिता र लगानशीलता नै फलताको आधार बन्यो । ‘सानैदेखि म निकै लगनशील थिए, बुवाआमाले जे भने त्यही गर्थे’ उनी भन्छन्, ‘यही इमान्दारिता र लगनशीलता नै सफलताको आधार बन्यो ।’ घरमा मेलापात गर्दा होस् या पढाइ लेखाई । जुन काममा पनि इमान्दार पूर्वक सम्पन्न गर्थे । इमान्दार भएकै कारण उनी गाउ समाज र शिक्षकका प्यारा थिए । पढाइमा पनि निकै रुचि राख्थे । खत्रीको यही इमान्दारिता र पढाइप्रतिको लगावका कारण वुवापछिको असल अभिभावत्व दाइ (यामबहादुर खत्री)ले पुरा गर्न तयार भए । सानो हुँदा पनि दाइको विश्वास टुट्न दिएनन् । परिणामतः लगनशिलताका कारण उनले पढाइमा अहिलै असफलता भोग्नु परेन । पढाइमा धेरै रुचि राख्ने उनी कालोपाटी (काठको सानो लेख्न प्रयोग गरिने भाँडो) र खरी निकै स्याहार गर्थे । उ बेला कापीकिताव प्रशस्त पाउथेन । ‘रफ (अभ्यास) गर्ने कापी किन्ने चलन थिएन’ उनी भन्छन्, ‘कक्षा ६ देखिमात्रै नोटकपी बनाउने बानी परेको हुँ ।’ उ बेलाका कालोपाटी र खरी नै कापी कलम थिए । ‘नोटकापी थिएन, महत्वपूर्ण कुराहरु दिमागमै राख्नु पथ्र्याे’ खत्री भन्छन्, ‘तर उ बेलाको पढाई निकै राम्रो थियो ।’ हरेक विद्यार्थीहरु गुरुका आज्ञाकारी चेलाहरु हुन्थे । ‘हाम्रोपाला विद्यार्थीहरु निकै इमान्दार हुन्थे, गाउसमाजले शिक्षकले आदर सम्मान हुन्थ्यो’ उनी सुनाउँछन् ‘म त अहिले पनि गुरु देखेपछि अहिले पनि निहुरीन मन लाग्छ ।’ सानैदेखिको लगनशीलता र धैर्यताका कारण हरेक काममा सफलता हात पारेको उनको बुझाइ छ । पढाइका साथै विद्यालयमा हुने अतिरित्त क्रियाकलापमा सहभागी हुन्थे । हाँजिरी जवाफ प्रतियोगितामा उनको सबैभन्दा मन पर्ने प्रतियोगिता हो । ज्ञानविना, इतिहाँस र रोजक कुराको जान्न निकै उत्साहित राख्ने खत्रीले स्कूलमा हुने हाँजिरी जवाफ प्रतियोगिता कहिलै छुटाउथेनन् ।
राष्ट्रको सेवा गर्दा पढाइ पुरा भएन
वीरेन्द्रनगर–१५ मा पर्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पारेगाउँमाबाट प्रारम्भीक शिक्षा सुरु गरेका हुन् । मेलामात गर्दै पारेगाउँबाट कक्षा ५ सम्मको पढे । कक्षा ६ देखि १० सम्म अमरज्योति माध्यमिक विद्यालय नेवारेबाट अध्ययन पुरा गरे । २०४० सालमा एसएलसी पास गरेका खत्रीले त्यसपछि भने पढाइलाई नियमित गर्न सकेनन् । तत्कालिन वीरेन्द्रनगर बहुमुखि क्याम्पसबाट इन्टर र महेन्द्र बहुमुखि क्याम्पस नेपालगञ्जबाट स्नातकोत्तर तह पुरा गरेका छन् । सधै दुर्गममा बसेर जागिर गरे । दुर्गम क्षेत्रमा काम गरेका कारण ब्याजलरभन्दा माथि अध्ययन गर्न पाएनन् । ‘सधै दुर्गममा बसेर जनताको सेवा गरे, यही कारण सोचेजति पढ्न सकिन’ उनी भन्छन्, ‘गाउँमा जागिर खाने तर शहरमा बसेर पढ्न मनले मानेन ।’ यद्यपी खत्रीले एसएलसीपछि जागिर गर्दै पढ्दै गरेका हुन् । ब्याजलरपछि अधिकाँस समय दुर्गममा बस्नु परेका कारण पढाइलाई निरन्तरता दिन नसकेका हुन्् ।
मुखियाहुँदै उपसचिव
२०४२ साल असार २५ गतेदेखि निजामति सेवामा प्रवेश गरेका खत्री नेपाल सरकारका उपसचिव हुन् । जागिरको दौरानम कर्णालीका सबै जिल्लामा पुगेका छन् । दुर्गममा बसेकै नागरिकको सेवा गर्न पाएकोमा उनी गर्व गर्छन् । ‘सकेसम्म कर्णालीका कर्मचारीले यही प्रदेशको सेवा गर्नुपर्छ’ उनी भन्छन्, ‘मेरा लागि दुर्गमका सेवाग्राही भनेका भगवान जस्तै हुन्, यही कारण मैले कर्णाली छोड्न सकिन ।’ निजामति सेवामा प्रवेश गरेको ३५ वर्ष पुग्दा पनि उनी साविक मध्यपश्चिमभन्दा बाहिरी जिल्लामा गएका छैनन् । ‘म त आफ्नै ठाउँको सेवा गर्नुपर्छ भन्ने मान्यता राख्छु’ उनी भन्छन्, ‘शहरभन्दा दुर्गमका सेवाग्राही मेरा लागि निकै प्यारा छन् ।’ खत्रीले जागिरको अधिकाँस समय कालिकोट, हुम्ला, मुगु, जुम्ला, जाजरकोट र सुर्खेतमा विताएका छन् । कर्णालीका कर्मचारीले कर्णालीकै सेवा गर्नुपर्छ भन्ने मान्यता राख्ने उनले बाँके र बर्दियामा पनि केही समय सेवा गरेका छन् । कालिकोटको तत्कालिन जिल्ला विकास समितिमा मुखिया पदबाट सेवामा प्रवेश गरेका उनले लामो समयदेखि विभिन्न कार्यालय प्रमुखको रुपमा भूमिका निर्वाह गरेका छन् । जिल्ला विकास समिति जाजरकोटको योजना तथा प्रशासकीय अधिकृत, सुर्खेतको तत्कालिन उत्तरगंगा गाविसको गासिव सचिव, स्थानीय तह हुनुभन्दा पहिले शुभाघाटा गंगामाला नगरपालिका (हालको गुर्भाकोट नगरपालिका), चिङ्गाड गाउँपालिकाको प्रशासकीय अधिकृत हुँदै हाल गुर्भाकोट नगरपालिका सुर्खेतको प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । जागिरको क्रममा उनी जुन ठाउँ पुगे त्यो ठाउँमा सेवाग्राहीको प्यारो बने । ‘कर्मचारी जहाँ त्यही उसको कर्म गर्ने हो’ उनी भन्छन्, ‘कर्मथलो कस्तो बनाउने भन्ने व्यक्तिमै निर्भर रहन्छ तर अधिकांश कर्मचारीहरुले दुर्गमका नागरिकले केही बुझेका हुँदैनन् जान रुचाउँदैनन् ।’ सेवाग्राही र स्थानीयको प्यारो बनेकै कारण कालिकोट, जाजरकोट र गुर्भाकोट नगरपालिकामा होहोरिएर काम गर्ने अवसर पाएका छन् ।
जव गाउँमा झुलुङ्गे पुला बन्यो….
२०७३ सालतिरको कुरा खत्री जिल्ला विकास समिति जाजरकोटमा योजना अनुगमन तथा प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए । जिम्मेवारी पुरा गर्ने क्रममा उनी जाजरकोटका सबै गाउँमा पुगे । एक दिनको कुरा तत्कालिन रग्दा गाविस (हालको नलगाड नगरपालिका) मा पुगेका थिए । त्यहाँका अधिकाँस ठूलाठूला पुलको अभाव थियो । काठको पुल बनाएर नागरिक खोला वारपार गर्दा रहेन छन् । तर ति पुलबाट सुत्केरी स्टेचरमा वारपार्न गराउन निकै समस्या थियो । उनी त्यहाँ पुगेको बेला त्यही दृष्य देखे । त्यो दृष्यले अमिलो मन भयो । सदरमुकाम फर्किएपछि त्यो ठाउँमा पुल बनाउने पहिल गरे । काठमाडौबाट सर्वेको टोली बोलाए । बर्षदिनमा पुल निर्माण भयो । पुल बनेपछि त्यहाँका नागरिकको खुशीको सीमा रहेन । ‘पुल बनेपछि रग्दामा नागरिकले धेरै सम्मान गरे म आफैलाई अप्ठेरो लाग्यो’ उनी भन्छन्, ‘त्यहाँ पुग्ने म नै अधिकृत स्तरको पहिलो कर्मचारी थिए ।’ पुल बनेपछि गाउँलेले भगवान भनेर पुकारेको देख्दा खत्रीले अप्ठेरो महसुस गरेका थिए । जुन घटना उनका लागि निकै स्मरणीय छ । त्यस्तै तत्कालिन शुभाघाट गंगामाला नगरपालिका (भुर्भाकोट नगरपालिका वडा नं. ११ मा) बर्माघाट सिचाई आयोजना बनाउन गरेको प्रयास अर्काे उदाहरणीय काम हो । दलित समुदायको बस्ती रहेको बर्माघाटमा सिचाइ आयोजना बनेपछि हाल नमूना बस्तीका रुपमा विकसित भएको छ । सिंचाइ आयोजनाकै कारण नागरिकको जीवनमा आएको परिवर्तनले आफूलाई सन्तुष्टि दिलाएको उनको भनाइ छ ।






