हुम्ला विमानस्थलमा खटिएका ११ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

हुम्ला, २२ मंसिर ।

हुम्लाको सिमकोट विमानस्थलको सुरक्षा पोष्टमा खटिएका ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिन अगाडि स्वाब संकलन गरी सुर्खेतमा पीसीआर परीक्षण गर्न पठाएका मध्ये ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

एन्टिजिन किटबाट कोरोना परिक्षण गर्दा बिमान स्थलमा कार्यरत महिला प्रहरीलाई कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका ११ जना र उनको गरी १२ जनाको स्वाब संकलन गरेर सुर्खेत पठाएकोमा एघार जनामा कोरोना पुष्टि भएको हुम्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताइन् ।

कोरोना संक्रमित सबै बिमान स्थलमा खटिएका प्रहरी हुन् । उनीहरु सबै होम आइसोलेशनमा बसेका छन् । सबैको स्वास्थ्य अवस्था भने सामान्य छ । योसँगै हुम्लामा कोरोना संक्रमितको कुल संख्या ७८ पुगेको छ ।

तपाईको प्रतिक्रिया