वडा कार्यालय भाडाको भरमा

प्रचण्ड खत्री ।

रुकुम पश्चिम, १८ मंसिर ।

रुकुम पश्चिममा ३ गाउपालिका ३ नगरपालिका रहेका छन । गाउपालिका र नगरपालिकाका आफ्नै कार्यालय रहेका छन । यसका मातहतका वडा कार्यालय भने अहिले सम्म भाडाको भरमा संचालन रहेका छन । वडा कार्यालय भाडाको भरमा चल्दा बर्सेनि ५० हजार व्यक्तिको नाममा जाने गरेको मुसिकोट १३ निवासी लोकेन्द्र ओलीले बताए । १ वडा बाट बर्सेनि ५० हजार जान्छ भने ७३ वडा बाट बर्सेनि ३६ लाख ५० हजार वडा कार्यालय बसेको घरपेटिको नाममा पैसा जम्मा हुन्छन । स्थानीय निर्बाचन देखि रुकुम पशिमका अधिकांस वडा कार्यालय भाडाकै भरमा संचालन हुदै आएको बताएको छ ।

बाफिकोट गाउपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कविराम खत्रीले वडा कार्यालयको आफ्नै भबन । अहुदा वडा स्थरिय सभा सम्मेलन गर्दा सरकारी स्कुल वा ब्यतिका घरका कोठा खोज्नु पर्ने रहेको बताए । आफुहरुले वडा कार्यालयको निम्ति भनेर जग्गा किनिसकेको बताए । अबको आर्थिक बर्षमा वडा कार्यालयकै बजेटबाट भबन निर्माण गर्ने बताए । वडामा दैनिकी २ वटा कार्यक्रम हुने गरेको र त्यसको लागि स्कुल वा घरको कोठाको निम्ति भनेर ५ रुपैया छुट्याउने गरेको बताएको छ । यसको लागि वडाले छिट्टै भबनको कामलाई अगाडी बढाउने बताए । वडामा सिमित मात्रामा बजेट आएर पनि समयमा नै भबन निर्माण हुन नसकेको वडा अध्यक्ष खत्रीले बताए । भबनको लागि आफुले संघीय सरकार र प्रदेश सरकार संग समन्य गरेको जानकारी दिए ।

रुकुम पशिममा ७३ वडा कार्यालय भएता पनि १६ वटा वडाका आफ्नै कार्यालय रहेका छन भने ५७ वडा भाडाको भरमा संचालित छन । बाफिकोट गाउपालिका १० वडा रहेकोमा २ वडाका आफ्नै भबन रहेका छन । त्यस्तै आठबिसकोट नगरपालिकामा १४ वडा रहेकोमा २ वडाका आफ्नै भबन रहेका छन । १४ वडा रहेको मुसिकोट नगरपालिकामा ४ वडाका आफ्नै भबन रहेका छन । सानीभेरी गाउपालिकामा ११ वडा रहेकोमा ३ वडाको आफ्नै भबन रहेको गाउपालिकाले जनाएको छ । १४ वडा रहेको चौरजहारी नगरपालिकामा १ वडाको मात्र भबन रहेको छ । त्रिबेणी गाउपालिका १० वडा रहेकोमा ४ वडा कार्यालयको मात्र भबन रहेको वडा कार्यालयहरुले जनाएको छ । स्थानीय सरकार संचालन येन वडा पालिकालाई मुख्य ५ अधिकार दिएको छ तर अधिकार सम्पन्न वडा कार्यालयको अबस्था बिजोक पाएको छ ।

तपाईको प्रतिक्रिया