दशैंमा ३ हजार खसी, बोका ल्याउने कम्पनीको तयारी

काठमाडौं, २६ भदौ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंमा १६ सय खसी, बोका र १४ सय च्याङ्ग्रा ल्याउने तयारी गरेको छ। कोरोना कहरका बीचमा पनि आपूर्ति व्यवस्थालाई निरन्तरता दिन र केही हदसम्म भएपनि बजारलाई नियन्त्रण गर्न ३ हजार खसी, बोका र च्याङ्ग्रा ल्याउने योजना बनाएको कम्पनीका प्रमुख नेत्र प्रसाद सुवेदीले जानकारी दिए।

‘दशैँका लागि ३ हजार खसी, बोका थोरै हो’ उनले भने, ‘कोरोनाको बेला सरकारले ल्याँछकी ल्याउँदैनन् भन्ने पनि धेरैको चासो छ। हामीले ल्याउँदा मूल्य निर्धारणमा निजी क्षेत्रलाई प्रभाव पार्ने भएकाले थोरै भएपनि यसले बजारलाई नियन्त्रण गर्न सघाउ पुर्याउँछ।’ कमपनीले सो संख्याको खसी, बोका र च्याङ्ग्रा खरिद गर्न ५ करोड ९९ लाख रूपैयाँ बजेट छुट्याएको छ।
उनकाअनुसार खसी, बोका र च्याङ्ग्रा कहाँ–कहाँबाट ल्याउन भन्ने विषयमा छलफल भइरहेको छ। गत वर्ष कम्पनीले च्याङ्ग्रा मुस्ताङबाट र खसी–बोका हेटौंडा र दाङबाट ल्याएको थियो। उक्त खसी बोका काठमाडौँसम्म ल्याउन ढुवानी गर्नलाई कम्पनीले टेण्डर गर्छ। टेण्डर स्वीकृत भइसकेपछि ढुवानीको मूल्य समेत जोडेर मूल्य निर्धारण हुन्छ। कम्पनीले कम्पनीको कार्यलय परिसमै राखेर बिक्री वितरण गर्दै आएको छ।
सेतोपाटीबाट साभार






छपेश बोगटी कालिकोट
11th Sep 2020यो मद्येबाट 100 भेडा म कालिकोटबाट ल्याउने बाचा गर्दछु सम्पर्क गर्नुहोला कृपया खसी च्याङ्रा 50 वाट गरि 150 सम्म सकिन्छ ।